महेन्द्रनगर । कञ्चनपुरका एक पुरुष भारतबाट बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका– ५ घर भएका अन्दाजी ३० वर्षीय नरेश चन्द दुई सातादेखि भारतको दिल्लीबाट बेपत्ता भएका हुन् ।
भारतको हरियाणामा काम गर्दे आउनुभएका चन्द गत वैशाख २२ गते महेन्द्रनगरका लागी हिँडेका थिए । दिल्ली आनन्द बिहार बसपार्कबाट चन्द बेपत्ता भएको उनका पारिवारिक व्यक्तिले जनाएका छन् ।
चन्दका ज्वाइँ प्रेम बहादुर चन्दका अनुसार, मे ५ तारिखको दिन दिउँसो ३ बजे उनीसँग अन्तिम पटक फोन सम्पर्क भएको थियो । त्यसयता भने फोन सम्पर्क हुन सकेको छैन ।
चन्दको खोजीका लागी आनन्द बिहार प्रहरी थानामा अनुरोध गरिएको छ । देख्नुहुने व्यक्तिले नेपालका लागी सम्पर्क ह्वाट्स एप नम्बर ९८६५२८०५०३ र भारतका लागी मोबाइल नम्बर ७३०६५६१४९१ फोन अथवा ह्वाट्स एपमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।
Comments are closed.