महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले विगत तिन वर्षमा गरेका कार्यक्रमहरुको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । यो कार्यक्रम गर्ने शुक्लाफाँटा नगरपालिका जिल्लामा पहिलो पालिका बनेको छ ।

आफु जनप्रतिनिधी भएर आएको तिन वर्ष पुरा भएको अवसरमा पालिकाले गरेको विभिन्न विकास निर्माणका कार्यक्रमहरु लगायत अन्य कार्यक्रमको पत्रकार सम्मेलन गमार्फत जानकारी गराएको छ ।
आर्थिक वर्ष ०७९÷८० देखी ०८१÷८२ मा सम्पन्न योजना तथा कार्यक्रमहरुको विषयमा नगर प्रमुख रण बहादुर महराले प्रस्तुती गर्नु भएको थियो । यो तिन वर्षमा आफुहरुले सम्पन्न गरेको योजनाहरु कार्यक्रमहरुलाई सफलता पूर्वक लागु गर्न, सम्पन्न गर्नमा सबै पालिकाका कर्मचारीहरु, वार्ड सदस्इहरु, कार्यपालिका सदस्यहरु सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।

आफनो प्रस्तुतीमा पालिका प्रमुख महराले २०७९ साल जेठ महिनामा नयाँ निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गर्दाको अवस्थामा थुप्रै नागरिकका चाहानाहरुलाई बोकेर यस संस्थामा प्रवेश गरेको बतचाउनु भयो ।
“उपलब्ध श्रोत साधन र परिवेशमा हामीहरु सफलताको सामान्य तहसम्म पुग्न सकेका छौ” शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८०, २०८०÷०८१ र २०८१÷०८२ मा पूर्वाधार विकास क्षेत्रमा नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भई सेवा प्रवाहको सुरुवात भएको र नगरस्तरीय कभर्ड हल निर्माण र वडा नं १ बन्साह कभर्ड हल निर्माण कार्य सम्पन्न गरी दुबै कभर्ड हल सञ्चालनमा ल्याईएको बताउनु भयो ।
नगपालिकाबाट सडक पूर्वाधारतर्फ विगत ३ बर्षमा सडक ट्रयाक खोल्ने कार्य १९ किलोमिटर, सडक ग्राभेल ४० किलोमिटर, सडक स्तरोन्नति ३३.८० किलोमिटर, सडक कालोपत्रे ४.१४ किलोमिटर सम्पन्न भएको र नगर चक्रपथ निर्माण अन्तर्गत वार्ड नं १२ कालागौड़ीदेखि जोनापुरसम्म ५.९ किलोमिटर, वार्ड नं ७ समूह चौराहादेखि नहरसम्म ७०० मिटर कालोपत्रे भएको छ भने
चक्रपथ अन्तर्गत नै वार्ड नं ८ भमरभोज नगर चक्र पथ खण्ड १ किलोमिटर पानिपिच सम्पन्न भै सकेको आफनो प्रस्तुती बताउनु भयो । यसै अवधिमा नगरपालिकाबाट ३ किलोमिटर नाली निर्माण भएको छ भने २ किमिभन्दा नदीनियन्त्रण तटबन्ध निर्माण गरिएको छ । २ नं वडामा खानेपानी आयोजना सम्पन्न भई ५१० घरमा धारा जडान भएको छ । वडा नं १० मा मञ्च प्याराफिट निर्माण कार्य सम्पन्न भएको छ ।
यसै अवधीमा ३,४ र ६ नं वडा कार्यालय भवनको निर्माण कार्य सम्पन्न भई ३ र ६ नं वडा कार्यालय भवन सञ्चालनमा रहेका छन् । ३,७ र ९ नं वडामा ३ वटा स्वास्थ्य संस्था भवनहरु निर्माण कार्य सम्पन्न भएको छ भने १० नं वडाको शहरी स्वास्थ्य भवन निर्माणाधिन अवस्थामा रहेको छ । आयुर्वेद विज्ञानलाई टेवा पुर्याउने उदेश्यले वडा नं १० मा योग भवन निर्माणाधिन अवस्थामा रहेको छ ।
सामुदायिक विद्यालय पूर्वाधार विकास अन्तर्गत ४ कोठे ३ वटा भवन निर्माण कार्य सम्पन्न भई सञ्चालनमा रहेका छन् भने ५ वटा निर्माणाधिन अवस्थामा रहेका छन् । कृष्ण माध्यमिक विद्यालय झलारीमा आधुनिक तथा सुविधासम्पन्न छात्रावास भवन निर्माणाधिन अवस्थामा रहेको छ ।
५,७ र १० नं वडामा सामुदायिक भवन निर्माणाधिन अवस्थामा रहेका छन् । ७ नं वडामा तेक्वान्दो प्रशिक्षण भवन निर्माणका लागि सम्झौता गरिएको छ । ४ वटा सामुदायिक विद्यालयहरुको सुरक्षाका लागि पक्की घेरबार पर्खाल निर्माण गरिएको छ भने आधुनिक सुविधासम्पन्न शौचालय समेत निर्माणाधिन अवस्थामा रहेको छ ।
नगरपालिकाभरी ३०० वटा सडक बत्ति, ११ सोलार बत्ति र १० वटा हाईमास्ट लाईट जडान गरिएको छ । ७ २९ नं वडामा २ वटा मल्टीस्पान ट्रस पुल निर्माण गरिएको छ । नगरभित्रका निर्माण योजनाको गुणस्तर चेकजाँचका लागि मेसिन खरिद गरी प्रयोगमा ल्याईएको छ ।
Comments are closed.