सन्जिवनी नेपालद्वारा “क्लाईमेट जस्टिस नेटवर्क” का सदस्यहरुसंग छलफल

महेन्द्रनगर । कञ्चनपुरमा रहेको सन्जिवनी नेपालले क्लाईमेट जस्टिस नेटवर्कका सदस्यहरुसंग छलफल गरेको छ । बुधवार एक कार्यक्रमको आयोजना गर्दै डिसिए नेपालको आर्थिक सहयोग, संजिवनी नेपालले संचालन गरेको वर्थ कार्यक्रम अन्तरगत रहेर उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

भीमदत्त नगरपालिका भित्र रहेका महिलाको क्षेत्रमा सक्रिए भएर कार्य गरिरहेका गैरसरकारी संस्थाहरु संग एकजुट भएर महिलाहरुलाई जलवायु परिर्तनबाट हुने नोक्शानीबाट कसरी जोगाउन सकिन्छ ? भन्ने विषयमा छलफल गरिएको संस्थाका कार्यकारी निर्देशक नितु भट्टले बताउनु भयो ।

भीमदत्त नरपालिका भित्र रहेका महिलाहरु जो जलवायु परिवर्तनको असरबाट समस्यामा परेका वा अन्य कारणले पनि समस्यामा परेका उनिहरुलाई सुरक्षा दिने उदेश्यले सबै संस्थाको एक आवाज हुने गरी काम गरिरहेको बताउनु भयो ।

साथै आजको छलफलमा लैङ्गिक उत्तरदायी बजेटको विषयमा पनि जानकारी गराईको र आगमी दिनमा के कसरी काम गर्न सकिन्छ ? यो बजेट सरकारले बनाउने भएपनि हामी सबैले आफनो भुमिका निर्वाह गरेर सहयोग गरिने पनि बताउनु भयो ।

साथै डायलग सेसन संचालनमा ल्याउने र महिलाको क्षेत्रमा काम गर्दा महिलाहरुको सुरक्षाका लागि समान काम गर्ने संस्थाहरुको एकै आवाज जावस भनेर छलफल गरिएको बताउनु भयो ।

जिल्लामा एकै क्षेत्रकम काम गर्ने धेरै संस्थाहरु रहेको र आगमी दिनमा महिलाको क्षेत्रमा काम गर्दा सबैको आवाज एक बनाएर उनिहरुको हकहितमा काम गर्ने, आफनो विचार योजना कार्यक्रमहरु प्र्रस्तुती दिने थलो पनि भएको बताउनु भयो ।

साथै लक्षित वर्गका लागि आएका बजेट पनि अलग शिर्षकमा हालिदिने महिलाले बजेट चलाउन नपाउने अवस्था रहेको भएर उहाँहरुलाई सहयोग दिएर सजिलो बनाउनका लागि संस्थाले समयसमयमा सम्बन्धित कार्यालयलाई घचघचाउने काम पनि रहेको संस्थाका कार्यकारी निर्देशक नितु भट्ट जानकारी दिनु भयो ।

साथै आफनो समुदायमा महिलाहरुको नेतृत्व बढाउने, उनिहरुका हकहित अधिकार र सवालमा पनि आवाज उठाएर पिडितलाई न्याय दिन सक्ने क्षमताको विकास गर्न पनि काम गरिने बताउनु्ु भयो ।

सम्बन्धित

Comments are closed.