महेन्द्रनगर । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत रामबिचारी ठाकुर कालोमोसाकोे दलिएको छ । बिहीबार कार्यकक्षमै ठाकुरलाई अज्ञात समुहले कालोमोसो दलेको उहाँले बताउनु भएको छ ।
३ जनाको समूहमा आएका उनीहरुले कार्यालयमा आफूमाथि कालोमोसो फालेर दुव्र्यबहार गरेको डीभिजन वन अधिकृत ठाकुरले बताउनु भयो । ‘तीन जना मान्छेहरु सेवाग्राहीको रुपमा आएका थिए । खल्ला मसेट्टीको सामुदायिक वनको मुद्दा के भयो ? भनेर सोध्नुभयो,’ रामबिचारीले भने, ‘३ वर्ष अगाडीको मुद्दा हो ।
अहिलेसम्म के भयो भन्नुभयो, त्यसबारे म बुझ्छु भन्दा उनीहरुले मोसो फालरे भागेँ ।’ वन अधिकृतमाथि मोसो फालेको भिडियोे ‘कम्युस्टि युवा संगठन नेपाल’ नामक सामाजिक सञ्जालमा राखिएको छ । उक्त भिडियोमा, भ्रष्टाचार गर्छस ? दलाली गर्छस ? भन्दै वन अधिकृतले लगाएको कार्यालय पोसाकमा कालोमोसो फालेको प्रष्ट देखिन्छ ।
अधिकृत ठाकुरले कालोमोसो फाल्ने समुहलाई पहिचान गर्न नसकेकाले कस्ले मासोको चपेटोमा पार्यो भन्ने यकिन भएको छैन ।
तर भिडियो, कम्युस्टि युवा संगठन नेपाल नामक फेसबुकमा राखेको भएकाले अहिले उक्त पेज नामक संगठनले नै मोसो फालेको आशंका भइरहेको छ । पेजमा बिगतका कालोमोसो दलेका भिडियो पनि छन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार, वन अधिकृतले आफुमाथि मोसो फालेको खबर गराएको तर ,मान्छे नचिनेको बताउनु भयो । अनुसन्धान हुदैँछ, जो कोही भएपनि कार्वाही गर्ने बताउनु भयो ।
Comments are closed.