महेन्द्रनगर । कञ्चनपुरमा थारु समुृदायको रहनसहन, भेषभुषा मौलिक परम्पराको जेगर्ना गर्ने उदेश्यले थारु संस्कृति प्रदर्शनीको आयोजना गरिएको छ ।थारु महिला मञ्च कञ्चनपुरको आयोजना तथा सामाजिक विकास कार्यालय महेन्द्रनगर कञ्चनपुरको सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

वेदकोट नगरपालिका ६ सिसैयामा रहेको श्री भुवनेश्वरी मावीको प्राङगणमा आयोजना गरिएको उक्त कार्यक्रममा थारु समुदायमा नाचिने होलीनाच, हुर्तुडुङवाह नाच, झिझिहा नाच, छोक्रा नाच, दङगवा नाचसहित विभिन्न साँस्कृतिक नाचहरुको प्रदर्शनी र थारु समुदायमा खाईने विभिन्न परिकारका नास्ताहरु, खानाहरु पनि प्रदर्शनी गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी एवम सुदूरपश्चिम प्रदेश सभा सदस्य माननिय गिता चौधरीले थारुहरुको पहिचान, भाषा, रहनसहन घर सबै फरक रहेको बताउनु भयो ।
विगतका दिनदेखी सरकारले पनि हामीहरुलाई पछि पार्दै आएको र यस्को कला संस्कृती, रहनसहन, बोली भाषाको संरक्षणका लागी सबैले एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
पछिल्लो समयमा थारु समुदायहरुको मौलिक पहिचानसहितको पहिरन, मौलिक नाच, खानपिन र बोल्ने भाषामा परिवर्तन आएको बताउनु भयो ।
साथै आफनो घरमा थारु भाषा बोल्ने र विद्यालयमा गएपछि नेपाली भाषा बोल्ने भएर आफनो मातृभाषाको बोली नै फरक भईरहेको बताउनु भयो ।
उहाँले सबैले आफनो घरमा पनि थारु भाषाको नै प्रयोग गर्नुपर्ने, विद्यालयमा गएरपनि उक्त भाषा बोल्नुपर्ने बताउनु भयो ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथी एवम आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष विकास श्रेष्ठले पछिल्लो समयमा भेषभुषा, भाषा, संस्कृती लोप हुँदै गईरहेको बताउनु भयो ।
आफनो भाषा, संस्कृती रहनसहनलाई बचाउनका लागी सबैले एकमत राख्नु पर्ने एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । अहिले आएर नेपाल सरकारले यस्को जेगर्ना गर्न पहल गरी रहेको भएपनि यतीले नपुग्ने बताउनु भयो ।
Comments are closed.