शिक्षक, विद्यार्थी, अभिभावकको जिवनशैली नै परिवर्तन गर्ने उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा पहिलो पटक वेदकोट नगरपालिका २ जडेपानीमा रहेको श्री बैजनाथ माध्यामिक विद्यालयले ३ दिने उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ । सोमवार विद्यालयको प्राङगणमा एक भव्य कार्यक्रमको आयोजना गर्दै तिन दिने उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरिएको हो ।

विद्यालयमा गरिने सुरुवातको सांङ्गितिक प्रार्थना, व्यवस्थापन, र असल विद्यार्थी तथा अभिभावकत्व र शैक्षिक गुणस्तरलाई कसरी बढाउन सकिन्छ भन्ने सम्बन्धी उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ । कालिका मानवज्ञान मावी बुटवलका शिक्षक एवम मोटिभेटर हरिष वलीले तिन दिन सम्म सामुदायिक विद्यालय श्री वैजनाथ माविमा विद्यालय खुल्ने देखी बन्द हुने समय सम्म कसरी सकारात्मक परिवर्तन गरी शिक्षकमा पढाउने बानीको विकास र विद्यार्थीहरुमा पढने बानीको विकास गराउने साथै उनिहरुलाई आमाबुवा गुरुहरु प्रतीको माया स्नेह कसरी बढाउन सकिन्छ भन्ने विषयमा कार्यक्रम गरिएको थियो ।

र अभिभावकहरुको भुमिका के रहने भन्ने विषयमा रहेर उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले यो कार्यक्रम अति नै प्रभावकारी दिगोपना र व्यवहारमा सकारात्मक परिवर्तन गर्ने विषयमा आधारित रहेको बताउनु भयो ।

सामुदायिक विद्यालयको स्तर खस्किदै गईरहेको छ भन्ने आम जनमानसको विचारलाई यो कार्यक्रमले यदी निरन्तरता पाउने हो भने जिल्लामा नै नमुना विद्यालय बन्ने बताउनु भयो । यो तिन दिनमा सिकेका ज्ञानलाई शिक्षक, विद्यार्थीहरु र अभिभावकलगायतले आफनो जिवनमा लागू गरी प्रत्येक दिन विद्यालय परिवारले नियम बनाएर कडाईको साथमा पालना गर्ने हो भने मात्रै यो तिनदिनको कार्यक्रले सार्थकता पाउने बताउनु भयो ।

साथै विद्यार्थीहरु, शिक्षक शिक्षीका, अभिभावक, जनप्रतिनिधी सबैले विद्यालय प्रती गर्ने व्यवहार आफनो जिममेवारी सबै विषयहरु प्रस्ट रुपमा यो उत्प्रेरणा कार्यक्रमले दिएको आफुले महसुस गरेको बताउनु भयो ।

कार्यक्रमका बिशिष्ट अतिथी वेदकोट नगरपालिकाका उप प्रमुख तुलसी जोशीले व्यवहारिक जिवनमा अति नै महत्व राख्ने ज्ञानहरु यो उत्प्रेरणा कार्यक्रमले दिएको र विद्यार्थीहरुको जिवनमा अझै बढी आवस्यक पर्ने सिपकला ज्ञानहरु यो प्रदान गरेको बतचाउनु भयो ।

विद्यालयका प्रधानाध्यापक नवराज पन्तले आफु विगत एक वर्षदेखी उक्त विद्यालयमा प्रधानाध्यापक को पदमा कार्यरत रहको र अलि पृथक कार्यको सुरुवात गर्ने उदेश्यले मोटिभेटर लाई ल्याएर आफनो विद्यालयमा रहेका विद्यार्थीहरु, अभिभावकहरु शिक्षक शिक्षिकाहरुलाई राखेर तिनदिने उत्प्ररणा कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

यो तिनदिनमा कसरी आफनो विद्यालयलाई हरेक क्षेत्रमा उत्कृष्ट बनाउन सकिन्छ ? कसरी गुणस्तरिय शिक्षा दिनका लागि वातावरण तयार पार्न सकिन्छ ? आनीबानी व्यवहारहरु देखी सोच विचारमा सकारात्मक परिवर्तन कसरी ल्याउन सकिन्छ ? भनेर यो तिनदिने उत्प्रेरणा कार्यक्रमको अयोजना गरिएको बताउनु भयो ।

यो कार्यक्रमको आयोजना प्रती अभिभावकहरु अति नै खुसी भएको र स्वयम आफै आएर कार्यक्रममा सहभागिता जनाएको बताउनु भयो ।

२०३३ सालमा स्थापित विद्यालयमा बालविकासदेखी कक्षा १२ सम्मको अध्यापन भईरहेको छ भने, अहिले १ हजार जना विद्यार्थीहरु रहेका छन् ।

सम्बन्धित

Comments are closed.