महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा वाल क्लबको गठन गरीएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै १९ वटा विद्यालयका बालबालिकाहरुको सहभागितामा बाल क्बलको गठन गरिएको हो ।

२१ सदस्यीय समितिको क्लब गठन गरिएको छ । अध्यक्षमा ग्लोबल एकेडेमीका छात्र भावेश ओझा, उपाध्यक्षमा जनज्योतीका छात्रा अकेशा जोशी, सचिवमा साधारण स्कुलका छात्रा कृतिका भट्ट, सहसचिवमा निङलाशैनी मावीका आशिस नेगी कोषाध्यक्षमा फलोरिडा बोर्डिङका छात्रा मोनिका नाथ रहेका छन भने अन्य १६ जना सदस्यमा चयन भएका छन् ।

भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रशाद देवकोटाले आफनो वडामा २१ जना सदस्य रहने गरी बाल क्लबको गठन गरिएको जानकारी गराउनु भयो ।
वडामा हुने विकृती विसंगती, लागुऔषध दुव्र्यशनी कम गर्ने, बाल अधिकार, बाल अधिकार हननका विषयमा, युवायुवती लक्षित कार्यक्रमहरु, अभियानमा उहाँहरुलाई अवसर दिई क्षमता विकास गर्ने गरी वडाले काम गर्ने बताउनु भयो ।
उहाँहरुलाई एकचरणमा क्षतमा अभिवृद्धी तालिमा प्रदान गरी सिप विकास संगै अन्य विषयमा पनि जानकारी दिई आगामी दिनमा कसरी युवा लक्षित कार्य गर्न सकिन्छ भन्ने बारेमा पनि जानकारी गराईने बताउनु भयो ।
भोली यो देशको राज्य सत्ता संचालनग गर्ने यो काँचो माटोलाई परिपक्व बनाउने वातावरणको निर्माण गर्ने काम वडाले गर्ने बताउनु भयो । वडा सदस्य हेमबहादुर बस्नेतले युवाहरुको महत्वपूर्ण भुमिकामा रहने गरी टोलटोलमा पनि बाल क्लबको आयोजना गर्ने गरी वडाले काम गर्ने बताउनु भयो ।
लागुऔषधको जालोलाई भत्काउने कार्यमा अग्रपंक्तीमा रहेर काम गर्ने वातावरण तयारगर्ने बताउनु भयो ।
बाल क्लबका अध्यक्ष भावेश ओझाले अध्यक्ष पदमा चयन हुँदा खुसी लागेको बताउँदै आफनो वडाको लागि विषेश गरेर बाल अधिकार, लागु औषधको विषयमा रहेर काम गर्ने बताउनु भयो ।
Comments are closed.