शनिवारदेखी कञ्चनपुरको खुल्ला मञ्चमा निःशुल्क वृहत योग विज्ञान शिविर शुरु

महेन्द्रनगर । भीनपा ४ स्थित खुल्ला मञ्चमा सप्त दिवसीय निःशुल्क वृहत योग विज्ञान शिविर सञ्चालन भएको छ । आज शनिवारबाट शुरु भएको योग शिविरमा योग ऋषि स्वामी रामदेव र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णका परम शिष्या साध्वी डा. देवविजयाका मुख्य प्रशिक्षक तथा मार्गदर्शनमा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिह थापाको प्रमुख आतिथ्यता रहेको थियो ।‘

योग गरौँ निरोगी रहौँं’ भन्ने मुल नाराका साथ सञ्चालन भएको निःशुल्क योग विज्ञान शिविरमा जिल्ला समन्वय समितका अध्यक्ष दुर्गा दत्त बोहरा, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, नगर उप प्रमुख निलम जोशी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायत विभिन्न कार्यालयका कार्यालय प्रमुख, कर्मचारी, व्यवसायी, विद्यार्थी, ग्रहणी लगायत विभिन्न उमेर समुहका व्यक्तिहरूको सहभागिता रहेको थियो भने विभिन्न योग साधना केन्द्रका प्रशिक्षकहरूले योग साधकहरुलाई समन्वय गरेका थिए ।

योग शिविरमा प्रमुख अतिथी रहेका सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिह थापाले ‘आफूले सधैं योग गर्ने बताए ।’ उनले भने, ‘यस अघि पनि दुई पटक हरिद्वार र दुई पटक काठमाडौँमा स्वामी रामदेवबाट योग प्रशिक्षण गरेको छु’ अहिले अलि व्यस्ता बढे पनि योग भने नियमित गर्ने गरेको छु ।’

योगले मानिसको शरीरमा लाग्ने विभिन्न प्रकारको रोग हटाउनुको साथै मनको विकार पनि हटाउने योग प्रशिक्षक तथा मार्गदर्शन कर्ता साध्वी डा.देवविजायाले बताउनु भयो ।’ वहाँले भन्नु भयो ‘योगले अहिले बढ्दै गएको दुव्यर्सन मदिरापान, धूम्रपान, र लागु पदार्थको प्रयोगकर्तालाई पनि नियमित योग गरे त्यस प्रकारका पदार्थ बाट टाढा रहन मद्दत गर्नुको साथै योगले स्वास्थ्य जीवन र सभ्य समाज निर्माण गर्न मद्दत पु¥याउछ ।

नियमित योग गर्नाले शरीरमा लाग्ने विभिन्न रोगलाई निको पार्नुको साथै दिनचर्या पनि राम्रो बनाउने गर्दछ ।’सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरको आयोजना तथा भीमदत्त नगरपालिका एनएनएसडब्लुए, आदर्श विद्या निकेतन लगायत सङ्घ संस्थाको सहयोगमा सञ्चालन भएको योग विज्ञान शिविर प्रत्येक दिन बिहान ४ः३० बजे बाट ६ः३० बजे (दुई घण्टा) र जेष्ठ १७ गते देखि जेष्ठ २३ गते सम्म चल्ने छ ।

उक्त योग शिविरमा प्रत्येक दिन महाकाली आयुर्वेदक औषधालय कञ्चनपुरले निःशुल्क स्वास्थ्य परिक्षण गरि रहेको छ ।

 

सम्बन्धित

Comments are closed.