महेन्द्रनगर । कञ्चनपुरमा मंगलबार देखि एक महिने आधारभुत नेपाली सांकेतिक भाषाको तालिम शुरु भएको छ ।
जिल्लाको बेदकोट नगरपालिका वडा नं.६ स्थित श्री भुवनेश्वरी मा.वि.सिसैयामा शुरु भएको सांकेतिक भाषा तालिमको उदघाटन समारोह कञ्चनपुर बहिरा संघका अध्यक्ष खडक बहादुर रानाको सभापतित्वमा र बेदकोट नगरपालिकाका नगर प्रबक्ता चित्रदेब भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
बिशिष्ट अतिथीमा बेदकोट नगरपालिका वडा नं.६ का वडा अध्यक्ष तुलसी राना थारु र श्री भुवनेश्वरी मा.वि. सिसैयाका प्रधानाध्यापक रण बहादुर दौल्याल रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै चित्रदेब भट्टले नेपाली सांकेतिक भाषाको तालिम लिनु निकै सह्रानिय कुरा रहेको बताएका छन । सांकेतिक भाषाको ज्ञान भएपछि सुक्ष्म श्रबण शक्ति भएका ब्यक्तिहरु संग पनि सजिलै कुराकानी गर्न सकिने बताएका छन ।
यसैगरी बिशिष्ट अतिथी बेदकोट नगरपालिका ६ का वडा अध्यक्ष तुलसी रानाथारुले एक महिना सम्म सांकेतिक भाषाको तालिम लिएर ब्यबहारमा कार्यान्वयन गर्नु पर्ने बताएका छन ।
यस्तै विशिष्ट अतिथी श्री भुवनेश्वरी मा.वि. सिसैयाका रण बहादुर दौल्यालले सांकेतिक भाषा सिक्ने इच्छा धेरै जनाको भएपनि सरकारले बिद्यालयको समेत ब्यबस्था गर्न सकेको छैन ।
साथै सांकेतिक भाषाको तालिम लिई राखे भविष्यमा कसै संग ठगिने अबस्था नआउने बताएका छन । उदघाटन समारोह कार्यक्रममा स्वागत मन्तब्य कञ्चनपुर बहिरा संघका उपाध्यक्ष सुनिल डंगौराले राखेका थिए भने कार्यक्रम संचालन पत्रकार दानसिह डंगौराले गरेका थिए ।
कार्यक्रममा दोभाषेको रुपमा धन बहादुर रानाले सहजिकरण गरेका थिए ।
Comments are closed.