महेन्द्रनगर । कञ्चनपुरमा होटल तथा पर्यटन व्यवसायीहरुका लागि आतिथ्यता व्यवस्थापन तालिम संचालनमा आएको छ ।व्यवसायिक एकता हाम्रो प्रतिवद्धता, पर्यटन प्रवद्र्धनमा निरन्तर सक्रियता भन्ने नाराको साथमा २ दिने आतिथ्यता व्यवस्थापन तालिम संचालनमा आएको हो ।

सुदूरपश्चिमका नौ वटा जिल्लाबाट होटल संचालक, पर्यटनको क्षेत्रमा कार्य गर्ने विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सेवाग्राहीहरुले निर्वाध रुपमा होटलमा विषेश आतिथ्यता सममानको साथमा रमाउन र खान बस्न पाउँनु पर्ने बताउनु भयो ।

सकारात्मक दृष्टिकोण राखेर सेवाग्राहीलाई होटल संचालक र कामदारहरुले सेवा दिनुपर्ने, एक पटक आउका व्यक्तीहरुले पुनः फर्किएर त्यही होटलमा आउने वातावरणको निर्माण गर्नूपर्ने बताउनु भयो । कुनैपनि नयाँ क्षेत्रमा गएका पर्यटकहरु, सेवाग्राहीहरुले फेरी त्यही ठाँउमा जानुपर्दा राम्रो आतिथ्यता पाएको सम्मान पाएको होटलमा फेरी बस्न रुचाउने बताउनु भयो ।
त्यसैले सबैले एकअर्कालाई सम्मान गरेर सेवा लिन र दिन पर्ने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भयो । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले आफुहरु सेवा मुलक व्यवसायी भउका नाताले सेवा लिन आउनु हुने अतिथीहरुलाई सेवा सत्कार कसरी गर्ने, अर्काै पटक आउँदा कस्तो वातावरण बनाउन भन्ने उदेश्यले यो तालिमको आयोजना गरिएको बताउनु भयो ।
होटल व्यवसायीहरुलाई अति आवस्यक रहेको यो २ दिने तालिमले होटल तथा पर्यटनको क्षेत्रमा काम गरीरहेका व्यवसायीहरुलाई अझैँ बढी सक्रिय बनाउने बताउनु भयो । सेवा लिन आउनुहुने पाहुनाहरु, सेवाग्राहीहरुलाई कसरी आतिथ्यता गर्ने, कसरी सेवा प्रदान गर्ने, र उहाँहरुलाई कसरी फेरी फेरी त्यही होटलमा आउने वातावरण बनाउन यो तालिमले सिकाउने अध्यक्ष रेग्मीले बताउनु भयो ।
होटल व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष रमेश प्रशाद जोशीले होटलमा कार्यरत व्यवस्थापक, कर्मचारीहरुले अतिथीहरुलाई सकारात्मक व्यवहार, सम्मान र अतिथीहरुलाई रिझाउन सक्ने वातावरण बनाउनु पर्ने बताउनु भयो ।
आफनो होटलमा बारम्बार आउन मिल्ने सत्कार आतिथ्यता दिन सक्नुपर्ने र व्यवसायीलार्य नै यसको फाईदा पुग्ने बताउनु भयो ।
होटल व्यवसायी संघ कञ्चनपुरका महासचिव नवराज जोशीले होटल र पर्यटन व्यवसायीहरु सुदूरपश्चिममा धेरै रहेपनि हामीले सिक्नुपर्ने धेरै विषय रहेको बताउनु भयो । यो तालिमले व्यवसाय संचालन गर्दा सहजता बनाउनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
Comments are closed.