कञ्चनपुरमा अत्यधिक गर्मीका कारण विद्यालयहरु ३ दिन बन्द

महेन्द्रनगर । कञ्चनपुरमा अत्यधिक गर्मीका कारण विद्यालयहरु बन्द हुने भएका छन् ।

राष्टिय निजि तथा आवाशिय एसोसिएसन नेपाल एन प्याब्सनले असार २ गतेदेखी ४ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

एन प्याबसनमा आवद्ध रहेको सम्पूर्ण निजी विद्यालयहरु बन्द गर्ने निर्णय गरेको भीमदत्त नगर कमिटी अध्यक्ष दिजराज भट्टले जानकारी दिनु भएको छ ।

अत्याधिक गर्मीका कारणले गर्दा विद्यार्थी, शिक्षक शिक्षिका, एवं कर्मचारीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न जाने अवस्थालाई मध्यनजर गर्दै ३दिन गर्मी विदा दिने निर्णय भएको उहाँले बताउनु भयो ।

पछिल्लो समय कञ्चनपुरमा अत्याधिक गर्मी बढेको छ । गर्मी बढेसंगै जनजिवन प्रभावित भएको छ ।

 

सम्बन्धित

Comments are closed.