महेन्द्रनगर । कञ्चनपुरमा १५औं अन्तर्राष्ट्रिय एकल महिला दिवस भव्यताको साथमा मनाईएको छ । “समृद्ध तथा मर्यादित जिवनका लागि शसक्तिकरण“ भन्ने मुल नारा का साथमा कार्यक्रमको अयोजना गरिएको थियो ।

जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराको प्रमुख आथित्यता मानव अधिकारका लागि महिला एकल महिला समुहका अध्यक्ष जानकी जोशीको सभाध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो, भने विशिष्ट अतिथीमा भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखक रहनु भएको थियो ।

साथै जिल्लामा रहेका विभिन्न गैरसरकारी संस्थाहरुका प्रतिनिधीहरुको उपश्थितीमा शुभकामना आदान प्रदान तथा एकल महिला सुरक्षा कोष समिति गठन तथा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख बोहराले विगतका दिनदेखी एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको बताउनु भयो । अहिले हामी एक्काइसौ शताब्दीमा पुग्दा पनि समुदायमा रुढीवादी, कुसंस्कार यथावत रहेको र जस्ले गर्दा अहिले पनि महिला, एकल महिलाहरु खुलेर बाहिर आउन नसक्ने वातावरण रहेको बताउनु भयो ।

पछिल्लो समयमा यो संस्था लगायतले धेरै एकल महिलाहरुको जिवनमा परिवर्तन आउने खालका विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने, सिप मुलक कार्यक्रमहरु संचालन गरेर एकल महिलाहरुलाई अािर्थक रुपमा पनि शसक्त बनाउने अभियानमा लागेको बताउनु भयो ।
यसैगरी, भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले पालिकाले एकल महिलाहरुलाई विभिन्न सिप मुलक तालिमका लागि बजेट विनियोजन गरेको बताउनु भयो ।
तालिम संचालन पश्चात धेरै एकल महिलाहरुले सिप सिकेर अहिले आर्थिक रुपमा पनि राम्रो आम्दानी गरीरहेको बताउनु भयो ।
मानव अधिकारका लागि महिला एकल महिला समुहका अध्यक्ष जानकी जोशीले एकल महिला सुरक्षा कोष समिति गठन तथा कार्यान्वयन सम्बन्धमा ध्यानाकर्षण पत्र जिल्ला समन्वय समिति प्रमुख बोहरालाई बुझाएको बताउनु भयो ।
उहाँले मानव अधिकारको लागि महिला, एकल महिला समूह कञ्वनपुरले विगत १८ वर्ष देखी एकल महिलाको सवालमा वकालत तथा पैरवी गर्दै आइरहेको बताउनु भयो ।
उक्त ध्यानाकर्षण पत्रमा जिल्ला भरि राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा (विधुवा) एकल महिला सख्या १६ हजार ८ सय ५३ रहेको र दिनानुदिन एकल महिला संख्या वृद्धि भई रहेको उल्लेख गरिएको छ ।
यसैगरी, महिला सुरक्षा कोष स्थापना संचालन र व्यवस्थापनका लागि एकल महिला सुरक्षा कोष संचालन समिति गठन तथा यथाशिघ्र कार्यान्वयन गर्नका लागि निमित्त महिला बाल बालिका तथा जेष्ठ नागरीक मन्त्रालय, महिला सशक्तिकरण महाशाखाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई मिति २०८०÷११÷०२ गते मा परिपत्र जारि गरेको र मिति २०८०÷११÷१० मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय
सरकारलाई उक्त एकल महिला कोष समिति गठन र कार्यान्वयनका निमित्त परिपत्र गर्दा पनि हाल सम्म केही सुनवाइ नभएको हुदा र मानव अधिकारको लागि महिला, एकल महिला समूह कञ्चनपुरले पटक पटक समन्वय गर्दा पनि कुनै सुनवाई नहुदा आज २३ जुन २०२५ अग्रेजी वर्ष एकल महिला अन्तराष्ट्रिय दिवसका दिन
यस समितिलाई गठन गरी कार्यान्वयन गर्न अभियान रहेको हुँदा एकल महिला सुरक्षा कोष गठन गरी यथाशिघं कार्यान्वयनका लागि यस कञ्चनपुर जिल्ला भरिका सबै पालिकाहरुलाई जानकारी गराई परिपत्र गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ । उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरीएको छ ।उक्त कार्यक्रमको संचालन संस्थाका सचिव रमा पन्तले गर्नु भएको थियो भने, स्वागत मन्तव्य चन्द्रा खडायतले राख्नु भएको थियो ।
Comments are closed.