महेन्द्रनगर । भीमदत्त नगरपालिका १ का वेपत्ता युवा दिपक राज जोशी फेला परेका छन् । भीमदत्त नगरपालिका वार्ड नं १ बाराकुण्डा निवासी दीपकराज जोशी विगत ३ हप्तादेखी रोजगारीको सिलसिलामा बेङ्गलोर पुगेका थिए । प्रवासी नेपाल कल्याणकारी चेरीटेबल ट्रस्ट बेंगलोरका अध्यक्ष ललित राज भट्टको समन्वय र सहकार्यमा अथक प्रयाश सहयोग र साथले युवक फेला परेको पारिवारिक स्रोतले बताएका छन् । कञ्चनपुरबाट मानव अधिकार महिला रक्षक संजालका अध्यक्ष भगवती थापाको सहकार्यमा प्रवासी नेपाल कल्याणकारी चेरीटेबल ट्रस्ट बेंगलोरका अध्यक्ष ललित राज भट्ट संग भएपछि उहाँले बेंगलोरमा खोजी सुरुवात गर्नुभएको थियो ।
आफनो अथक प्रयासले युवा भट्टलाई खोज्न सफल भएको बताउनु भयो । यता परिवारका सदस्यले प्रवासी नेपाल कल्याणकारी चेरीटेबल ट्रस्ट बेंगलोरका अध्यक्ष ललित राज भट्टलाई हार्दिक धन्यवाद र कृतज्ञता प्रकट गरेका छन् ।
आफनो परिवारको सदस्य हराएपछि दिनरात रुने आमा, दिदिबहिनीहरुको मुहारमा अहिले खुसीयाली छाएको छ ।
परिवारका अनुसार अहिले घरमा ठुलो खुसी आएको र यसको कारण प्रवासी नेपाल कल्याणकारी चेरीटेबल ट्रस्ट बेंगलोरका अध्यक्ष ललित राज भट्ट नै रहेको बताएका छन् ।
सम्पर्कमा आएका युवक वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीका देवर हुन् । आफनो देवरलाई खाोजी गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई उप प्रमुख जोशीले धन्यवाद व्यक्त गर्नु भयो ।
Comments are closed.