सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघमा कञ्चनपुरका विष्ट महासचिव, खत्री र कुँवर सदस्य

महेन्द्रनगर । कञ्चनपुरका तीन सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एव सदस्य सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको केन्द्रीय पदाधिकारी तथा सदस्यमा निर्वाचित भएका छन ।

काठमाण्डौँमा दुईदिनसम्म संचालन भएको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको राष्ट्रिय सम्मेलनबाट जिल्लाका एक सामुदायिक विद्यालयका अध्यक्ष महासचिव, सामुदायिक विद्यालयका अध्यक्ष केन्द्रीय सदस्य र अर्का सामुदायिक विद्यालयका सदस्य केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको महासचिवमा भीनपा १८ कटान महेन्द्रनगर नमुना मावि साधारण स्कुलका अध्यक्ष बिरेन्द्रराज विष्ट, केन्द्रीय सदस्यमा भीनपा ३बैजनाथ माविका अध्यक्ष गणेश खत्री र भीनपा ३ नौलाखेत गौरीशंकर आधारभूतका सदस्य एव सोही वडा सदस्य मिना कुँवर चयन भएको जनाएको छ ।

१५ र १६ असार ०८३मा सम्पन्न भएको राष्ट्रिय महाधिवेशनबाट सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको महासचिवमा विष्ट, केन्द्रीय सदस्यद्वय खत्री र कुँवर निर्वाचित भएसंगै उनीहरुले थप सामुदायिक विद्यालय बनाउने जिम्मेबारी थपिएको बताएका छन ।

तीनै जना सामुदायिक विद्यालय बनाउने अभियानमा शुरुवातदेखि नै जुटेका थिए । यस अघि केन्द्रीय सचिव रहेका विष्ट यस पटक महासचिवको जिम्मेबारीमा गएका छन ।

सम्बन्धित

Comments are closed.