महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त–१९ मा रहेको लक्ष्मी माध्यमिक विद्यालय र सोही वडाको आर्थिक सहयोगमा जनचेतना मुलक सडक नाटकको आयोजना गरीएको छ ।

वडा र विद्यालयको सहकार्यमा लागुपदार्थ दुव्र्यसनी रोकथाम सम्बन्धी जनचेतनामुलक सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न गरएिको हो ।
लागुऔषध दुव्र्यसनी तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय अभियान चलिरहेको सोही क्रममा समाजमा बड्दै गरेको नकारात्मक पक्षलाई निरुत्साही गर्नको लागि जनचेतनामुलक सडक नाटक कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक परमानन्द नाथले बताएका हुन ।
विद्यालयमा विद्यार्थीहरुको पढाई स्थरउन्नती, बौद्धिक क्षमताको विकास सगै कुलत संगतबाट टाढा राख्न र समाजमा जनचेतनामुलक सन्देश फैलाउन, असल समाजको परिकल्पना साकार गर्न आफ्नो विद्यालयको टिम सदैव अग्रसर रहनुका साथै
विद्यालयलाई समाज संग जोड्ने क्रममा विद्यार्थीहरुलाई पठनपाठनमा मात्र सिमित नराखी उनीहरुको सर्वाङ्गिक विकासमा संस्कार युक्त शिक्षामा विद्यालय टिमले जोड्दिई रहेको प्रधानाध्यापक नाथले बताएका छन ।
यसै क्रममा भीमदत्त–१९ वडा सदस्य भागरथी बिष्टले बालबालीकाहरु लागुऔषध दुव्र्यसनीमा फस्दै गरेको समस्या बढ्दै गईरहेको समयमा यसलाई
निरुत्साही गर्न यस्तै कार्यक्रम टोलटोल तथा सार्वजनिक स्थलहरुमा कार्यक्रम चलाउदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिदै वडालाई लागुऔषध दुव्र्यसनी उन्मुलनमा जोड् दिने बताएकी छन् ।
Comments are closed.