कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

महेन्द्रनगर । कञ्चनपुर जिल्ला लाई बिहिवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा जिल्लाका ९ वटै पालिकाका ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाले खोप पाइसकेकोले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवम सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री माननिय मेघराज खडकाले जिल्लालाई एक समारोहका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु भएको हो ।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै बालबालिकालाई खोपको सुनिश्चितता गरिएको र स्वास्थ्यमा सबैको पहुँच अभिवृद्धिका लागि कार्यक्रम अगाडि बढाइएको बताउनु भयो ।

मन्त्री खडकाले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा लक्षित उमेर समूहका बालबालिकाहरूलाइ मापदण्ड अनुसार खोपको मात्रा दिइएकोले क्रमशः जिल्लागत रूपमा घोषणा गर्दै जाने बताउनु भयो ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गर्नु भयो ।

त्यस्तै, यस अभियानमा क्रियाशील स्वास्थ्यकर्मी, सम्बन्धित क्षेत्रका कर्मचारी, जनप्रतिनिधिहरू, पत्रकार, आमा समूह, विभिन्न सङ्घसंस्था तथा आमजनसमुदायलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

कार्यक्रमका सभाध्यक्ष एवम जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले बालबालिकाले पाउनुपर्ने खोपका सबै सूचकाङ्क पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताउनु भयो ।

१६ महिनादेखि माथि २३ महिनाभित्रका आठ हजार ९ सय बढी बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको बताउनु भयो । साथै उहाँले यो अभियानलाई सफल पार्ने महिला स्वास्थ्य स्वयंसेविकाहरू, क्रियाशील स्वास्थ्यकर्मी, सम्बन्धित क्षेत्रका कर्मचारी, जनप्रतिनिधिहरू,पत्रकार,आमासमूह, विभिन्न सङ्घसंस्था तथा आम जनसमुदाय लाई धन्यवाद ज्ञापन गर्नु भयो ।

वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले विगतका दिनहरुमा बालबालिकाको जन्मदर बढी हुने तर धेरैको खोप नपाएर मृत्यु पनि हुने बताउनु भयो ।

तर अहिले बालबलिकाहरुले सबै खोप पाएपछि बाल मृत्यु दरमा पनि कमी आएको स्वस्थ्य बालबालिकाहरु समुदायमा रहेको बताउनु भयो । विभिन्न प्राणघातक रोगबाट पनि यस्ले बचाएको बताउनु भयो ।

स्वास्थ्य कार्यलय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत ओम प्रकाश जोशीले जिल्लामा रहेका सबै नौ वटा पालिकालाई जेष्ठ र असारको पहिलो हप्तामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरी सकेको र विहिवार जिल्ला लाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरीएको बताउनु भयो ।

जिल्लामा जन्मदेखी १५ महिनाका बालबालिकाहरु ८ हजार ९ सय ३५ जना बालबालिकाले पूर्ण खोप सुनिश्चित गरीएको बताउनु भयो । यसैगरी, कार्यक्रममा नौ वटा पालिकाबाट उत्कृष्ट खोप कार्यकर्ता स्वास्थ्यकर्मीहरुलाई नगद ५ हजारसहित सम्मान गरीएको थियो ।

सम्मान पाउनेमा कृष्णपुर नगरपालिकाबाट गोमति कुवर धामि शुक्लाफटा नगरपालिका माधवि साउद, बेद्कोट नगरपालिका डिलेश्वरि अवस्थी, भिमदत्त नगरपालिका देवकि अवस्थी, दोधराचाँदनि न.पा महेश तीवारी, लालझाडि गाउँपालिका बिनिता बोहरा,

पुनर्बास नगरपालिका कल्पना थापा, बेलौरि नगरपालिका सिता कुमारि राना, र बेलडाँडि गाउँपालिका रुपा खत्रीलाई सम्मानित गरीएको हो ।

सम्बन्धित

Comments are closed.