कञ्चनपुरमा भारी वर्षा, नदी तटियमा सर्तकता अपनाउन आग्रह

कञ्चनपुर आज असार १९ गते दिएँसो २ बजेदेखी भारी वर्षा भईरहेको छ । अहिले भीमदत्त नगरपालिका, वेदकोट , नगरपालिका, शुक्लाफाँटा नगरपालिका, दोधारा चादनी नगरपालिकामा अहिले भारी वर्षात भईरहेको हो ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार महाकाली नदी र कञ्चनपुरमा रहेका स साना नदीहरुमा पानीको वहावमा परिवर्तन भई डुवान र बाढी आउने भएका नदी तटिय क्षेत्रका स्थानिययहरुलाई सर्तकता अपनाउन आग्रह गरीएको छ ।

सुनवरा, दोदा, खङला, लगायतका नदीमा पानीको वहाव बढने सम्भावना रहेको छ । यस्तो बेलामा नदी तटिय क्षेत्रमा नजान आग्रह गरीएको छ ।

बादल लागेर गड्याङ गुडुङ भई चट्याङ पर्ने जस्तो भए घर भित्र सुरक्षित बस्न मौसमविद्ले सुझाव दिएका छन् । खेत, चौर, खोला, पोखरी, धारा जस्ता ठाउँमा चट्याङ परेको बेला जान नहुने मौसमका जानकारहरुको भनाई छ मौसम सम्बन्धी थप जानकारीका लागि

जल तथा मौसम विज्ञान विभागको वेबसाइट डि एच एम डट ओ आर जी डट एन पी फेसबुक एम एफ डी डट नेपाल डट पाँच, ट्विटर डी एच एम अण्डर स्कोर वेदरमा गएर जानकारी लिन र साथै फोन बाट पनि जानकारी लिनका लागि ११५५,वा ०१ ४११३३४५ र ०१ ४११३१९१ मा फोन गरेर पनि मौसम बारे जानकारी लिन सकिन्छ ।

सम्बन्धित

Comments are closed.