पावर अफ युथको शनिवार वृहत सरसफाई कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको पावर अफ कयुथले शनिवार वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । भीमदत्त नगरपालिकाको संरक्षकमा जिल्ला प्रहरी कार्यालय, विद्यार्थीहरु, बाल क्लबलगायतको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रत्येक हप्ताको शनिवार विहान ७ बजेदेखी महेनद्रनगरलाई अब बदलिन्छ — हाम्रो महेन्द्रनगर ! मात्रै सरसफाइ होइन, यो हो परिवर्तनको अभियान “स्वच्छ महेन्द्रनगर, हरित महेन्द्रनगर” महेन्द्रनगर हाम्रो हो — हाम्रै प्रयासले सम्भव छ परिवर्तन अभियानको नारा दिएर हरेक शनिवार सरसफाई कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।

शनिवार विहान ७ बजे संविधान चोक –(महेन्द्र स्मारक) देखि तरकारी बजार र सब्जी मण्डीलगायत क्षेत्रमा सरसफाई गरिएको छ । हामी स्वच्छ, हरित र सुन्दर महेन्द्रनगरको सपना देख्दैछौँ — तपाईंको सहभागिता अनिवार्य छ भनेर उनिहरुले उक्त सरसफाई अभियानलाइृ यो दोस्रो हप्तामा पुय्राएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडकबहादुर खत्रीले यो सरसफाई अभियानले निरन्तरता पाउने पर्ने र स्थानियहरुले पनि यस्मा सहभागिता जनाउन आग्रह गर्नुभयो ।

बजार क्षेत्रको भित्री क्षेत्र पछाडी पट्टी तर्फ धेरै फोहरहरु फालिदिने सरसफाई नगर्ने आफनो आँगन सफा गर्ने अरुको आँगनमा फोहर फाल्ने प्रवृत्तीले नै फोहर बढदै गईरहेको बताउनु भयो ।

तर युवाहरुको यो सरसफाई अभियानले एक प्रकारको सकारात्मक सन्देश जाने र स्थानिय व्यापारीहरु, आ जनताहरुले पनि यस्मा साथ दिएर सरसफार्य अभियानलाई अगाढी लैजानुपर्ने बताउनु भयो ।

यसैगरी, भीमदत्त नगरपालिका वातावरण अधिकृत सविन रावलले यो सरसफाई अभियानले जनचेतना सहित महेन्द्रनगरका भित्री क्षेत्रलाई सफा राख्न मद्धत पुग्ने बताउनु भयो ।

साथै,यसरी नै स्थानियहरुले पनि आएर साथ र एक्यवद्धता दिनु पर्ने र आफनो क्षेत्रलाई आफैले सफा गरिदिने हो भनेपनि फोहर धेरै नहुने बताउनु भयो ।

पावर अफ युथको योअभियानमा पालिकाले पनि सहकार्य गरेर जनचेतना मुलक यो अभियानमा साथ दिएको र आगामी दिनमा पनि यसरी ने साथ र सहकार्य गर्ने प्रतिवद्धता रहेको बताउनु भयो ।

पावर अफ युथका सदस्य हेमराज भट्टले यो सरसफाई अभियानमा सबै सथानियहरु, युवाहरु, बाल क्लब युवा क्लबहरु स्थानिय सरकार, सुरक्षा निकाय सबैले सहकार्य गर्नुपर्ने बताउनु भयो ।

यो समग्र महेन्द्रनगरलाई हराभरा स्वच्छ, सफा महेन्द्रनगर बनाउने अभियान रहेकाले सबैको साथ र सहकार्य आवस्यक रहेको बताउनु भयो । साथै फोहर व्यवस्थापन गर्न डस्टबिनको आवस्यक परेको भएर उनिहरुले ईच्छुक सहयोगी दातालाई आग्रह गरेका छन,

जस्को लागि ९७४६२६४१९६ मा सम्पर्क गर्न सकिने छ । गएको हप्ता शनिवार पनि यो समुहले विभिन्न क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको थियो ।

भने आउने हप्ताको शनिवार पनि सरसफाई कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सम्बन्धित

Comments are closed.