सार्क एजुकेशनको नविनतम कार्य, छात्रवृत्तीका लागि वडाबाट विद्यार्थी पठाउन आग्रह

महेन्द्रनगर । सार्क एजुकेशन फाउन्डेशनले अहिले सम्म कुनै पनि विद्यालयले नगरेको नविनतम कार्य गर्ने भएको छ ।  कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि तिनवटा पालिकामा रहेका वडाबाट आर्थिक रूपमा कमजोर, गरीब, जेहेन्दार, दलित, महिला, आदिवासी, पिछडिएका वर्गका विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले छात्रवृत्ती प्रदान गर्ने भएको हो ।

शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त विषयमा जानकारी गराईएको छ । आफ्नो स्थापनाकाल देखि नै समाजमा नवीन शिक्षाको वकालत गर्दै आइरहेको यस विद्यालयले समाजका हरेक वर्गका विद्यार्थीहरूको शिक्षामा पहुँच सुनिश्चित गर्न कक्षा ११ र १२ का लागि छात्रवृत्ति वितरण योजना अगाडि सारिएको छ ।

वडाबाट ५ जना योग्य विद्यार्थीहरुलाई सिफारिस गरिदिन हुन भनेर विद्यालयले वडामा पत्राचार गरीसकेको सार्क एजुकेसन फाउण्डेशनका कार्यकारी निर्देशक डा. लक्ष्मण बस्नेतले जानकारी दिनु भयो ।

अहिले वेदकोट, भीमदत्त, र दोधरा चादनी नगरपालिकामा रहेका सबै वडाबाट ५ जना विद्यार्थीहरु मध्ये बाट १ जना विद्यार्थीलाई १००% छात्रवृत्ति (भर्ना शुल्कमात्रै) प्रदान गरिनेछ ।

२ जना विद्यार्थीलाई ५०% छात्रवृत्ति प्रदान गरिने, २ जना विद्यार्थीलाई ४०% छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रिन्सिपल सुर्य घिमिरे केसीले बताउनु भयो ।

उक्त छात्रवृत्तीका लागि दलित समुदायका विद्यार्थीहरू, एकल महिलाका सन्तानहरु, आदिवासी तथा जनजाति समुदायका विद्यार्थीहरू, पिछडिएका, गरीब तथा आर्थिक रूपमा अशक्त परिवारका विद्यार्थीहरू, जेहेन्दार विद्यार्थीहरू लाई प्रदान गरिने उहाँले बताउनु भयो ।

साथै, विद्यार्थीहरूको छनोट गर्दा उनीहरूको शैक्षिक योग्यता, आर्थिक अवस्था, र अन्य सामाजिक तथा पारिवारिक अवस्थालाई आधार मानिने पनि जानकारी दिनु भयो ।

समाजमा शिक्षा सुलभ बनाउन तथा सबै वर्गका विद्यार्थीहरूलाई अवसर प्रदान गर्ने उदेश्यले यो छात्रवृत्ती कार्यक्रम ल्याएको प्रिन्सिपल घिमिरेले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.