महेन्द्रनगर । मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरले आफनो सार्वजनिक सुनवाई सम्पन्न गरेको छ । विगत ३ वर्षदेखी १५ शैयामा संचालनमा रहेको अस्पताललाई निकट भविष्यमा १ सय शैया निर्माण तथा संचालन गर्नका लागि सरोकारवालाहरु संग सार्वजनिक सुनवाई सम्पन्न गरेको हो ।

भीमदत्त नगरपालिकाका प्रतिनिधी, जिल्ला ट्राफिक कार्यालय, भीमदत्त नगरपालिका वडा नम्वर ४का अध्यक्ष, अस्पताल वरपर रहेका घरधनीहरु लगायतको उपश्थितीमा कार्यक्रमको गरिएको थियो ।मन्त्र अस्पतालका मेडिकल डाईरेक्टर डा. गोविन्द रोकायले १ सय शैया संचालन गर्दा वातावरणिय प्रतिवेदन निर्माण गर्दा अस्पतालबाट निस्कने फोहरहरुको व्यवस्थापन, ट्राफिक व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल गरीएको बताउनु भयो

साथै अहिले सहभागीहरुले अस्पतालबाट निस्कने फोहरलाई वर्गीकरण गरि उचित रूपमा व्यवस्थापन गर्नुपर्ने, रोजगारी अवसरमा स्थानियलाई प्राथमिकता गर्नुपर्ने, पार्किङ र अस्पताल परिसरमा रहने सवारी साधन आवतजावतमा पर्ने असर न्यून गर्नुपर्ने लगायतक विषयहरु एठान भएको बताउनु भयो ।
ढल निकासा व्यवस्थापन, ध्वनीको व्यवस्थापन, अस्पताल परिसरमा स्वस्छ खानेपानीको व्यवस्थापन लगायतका विषयमा छलफल भएको र सुधार गर्नुपर्ने विषयमा रहेर पनि सुझावहरु ऋाउको बताउनु भयो ।
यसैगरी, अस्पतालले सामाजिक उत्तरदायित्व अन्र्तगत सरसफाई कार्यक्रम टोल विकास सँग समन्वय गरेर व्यवस्थापन गर्ने, अति विपन्न, असाहायको लागी नगरपालिकाको सिफारिसमा स्वास्थ सेवामा सुविधा दिनुपर्ने, हानीकारक फोहरलाई व्यवस्थापन गर्नुपर्ने लगायत विषयहरु सहभागिले उठाएको बताउनु भयो ।
वातावरण ईन्जिनियर नविन चन्द्र जोशीले मन्त्र अस्पताल संचालन हुने क्षेत्रको वरपर रहेका सेवाग्राहीहरुसंगको राय सुझाव संकलन गर्न यो कार्याक्रम को आयोजना गरिएको बताउनु भयो ।
Comments are closed.