महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले एक सांस्कृतिक कार्यक्रममा प्रथम स्थान हासिल गर्न सफल भएको छ । कञ्चनपुरमा रहेको श्री नं. २५ वाहिनी अड्डा, को २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा सुदूरपश्चिमका नौ वटा जिल्लाको सहभागिता रहेको थियो ।

रास्ट्रीय सेवादल पस्चिम तालिम शिक्षालय अन्तर्गत संचालनमा रहेको एनसिसि ५१ औं जुनियर डिभिजन अन्तर्गत महाकाली मोडर्न माध्यमिक विद्यालयका क्याडेटहरुले श्री नं. २५ वाहिनी अड्डा, को २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा सुदूरपश्चिमका ९ वटा जिल्ला मध्ये उत्कृष्ट सामूहिक नृत्य प्रस्तुत गरेको विद्यालयका प्रिन्सिपल दिजराज भट्टले जानकारी दिनु भयो ।

कार्यक्रममा सुदूरपश्चिमका ९ वटा जिल्ला मध्ये उत्कृष्ट प्रस्तुति आफनो विद्यालयले दिएको र प्रथम स्थान हासिल गर्न सफल भएको उहाँले बताउनु भयो ।उत्कृष्ट नृत्य प्रस्तुत गरे प्रथम स्थान हात पार्न सफल महाकाली विद्यालयलाई नगद रु ५ हजार कदर–पत्र प्रदान गरिएको थियो ।
साथै विद्यालयको नृत्य उत्कृष्ट रहेको भन्दै श्री नं. २५ बाहिनीका बाहिनीपति सहायक रथी माधव थापाले नगद रु १६ हजार र महाकाली प्रादेशिक अस्पतालका मे. सु. अर्जुन भट्टले नगद रु ५ हजार ५ प्रदान गर्नु भएको प्रिन्सिपल भट्टले बताउनु भयो ।
साथै उहाँले उक्त कार्यक्रममा सहभागिता हुने अवसर प्रदान गर्नुहुने श्री नं. २५ वाहिनी अड्डा, भगतपुर व्यारेक, कञ्चनपुरलाई विशेष आभार तथा धन्यवाद व्यक्त गर्नु भयो ।
साथै, भविष्यमा पनि यस्तै सिर्जनशील र प्रेरणादायी अवसरहरूमा आफनो विद्यार्थीले अझ उत्कृष्टता हासिल गर्दै जाने बताउनु भयो ।
आफनो विद्यालय महाकाली मोडर्न पब्लिक स्कुलले “संस्कार सहितको शिपयुक्त शिक्षा” प्रदान गर्न थालेपछि अहिले विद्यालयले नविनतम कार्यलाई अग्रता दिईरहेको उहाँले प्रिन्सिपल दिजराज भट्टले बताउनु भयो ।
विद्यालयले गायन र नृत्यका कक्षा सञ्चालन, शुक्रबार ब्याग फ्रि, शिक्षकहरुका लागि तालिम सञ्चालन, उत्कृष्ट शिक्षकलाई हरेक महिनाको अन्त्यमा पुरस्कार र विद्यार्थीहरुलाई हरेक महिना गराउँदै आएको फिल्ड भिजिट गराइरहेको छ ।
Comments are closed.