कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकका लागि अवलोकन भ्रमण आयोजना गरिएको छ। बौद्धिक अपाङ्गता अभिभावक संघ कञ्चनपुरको आयोजनामा जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गराइएको हो।

भ्रमणमा बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा अभिभावक गरी ३५ जनाको सहभागिता रहेको थियो। सहभागीहरूलाई जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गराउनुका साथै आपसी सद्भाव, मनोरञ्जन र सामाजिक घुलमिललाई प्रोत्साहन गर्ने उद्देश्यले वनभोज कार्यक्रमसमेत आयोजना गरिएको थियो।

कार्यक्रमले बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकलाई दैनिक व्यस्तताबाट केही समय बाहिर निस्केर मनोरञ्जन लिनुका साथै आपसी अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको संघका जिल्ला अध्यक्ष शान्ति मल्लले जानकारी दिनुभयो।
उहाँले यस्ता कार्यक्रमले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सहभागिता बढाउन तथा उनीहरूमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
Comments are closed.