सुदूरपश्चिमका एक(दुई स्थानमा भारी वर्षात हुने

महेन्द्रनगर । आज कञ्चनपुर, कैलाली, र सुदूरपीश्चमका पहाडी जिल्लामा धेरै वर्षात हुने छ । मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा बादल लागेको र केही ठाउँमा अलिअलि बादल लागेको जनाएको छ।

भोली असार २४ गते पनि मौसम यस्तै हुने छ। सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा स्थानहरूमा आकाश गड्याङ गुडुङ गर्दै चट्याङ पर्न सक्ने र हल्कादेखि अलि ठुलो पानी पर्ने सम्भावना रहेको छ। सम्भावित वर्षाको कारणले जमिन बगाउने, बाढी आउने वा डुवान हुने डर छ।

यसबाट बाट बच्न सतर्क रहन महाशाखाको अनुरोध छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले विभिन्न प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ।

आज सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रही बाँकी भू(भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ।

यी चार प्रदेशका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विशेषगरी कोशी र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। यसैगरी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ। भोलि मंगलबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भू(भागका केही स्थानमा र बाँकी भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू(भागमा हल्कादेखि मध्यम वर्षा वा हिमपात जारी रहने विभागले पूर्वानुमान गरेको छ।

वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।

सम्बन्धित

Comments are closed.