बेलौरीमा एकै रातमा ४ घरमा चोरी, कहाँबाट आए चोर ?

महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा एकै राती ४ घरबाट मोबाइल ,पैसा र गहना चोरी भएको छ ।

बेलौरी नगरपालिका १० भुडाका कालू राम चौधरी ,कवि गीरी ,सुकदेव गीरी र सुबाश गीरीको घरबाट मोबाइल नगद र गहना चोरी भएको हो ।

सोमबार राती चौधरीको घरबाट १ मोबाइल ,सुकदेवको घरबाट २ मोबाईल र तिलहरी ,कविको घरबाट १ मोबाईल सहित नगद ५ हजार र शुबाशको घरबाट १ मोबाईल चोरी भएको स्थानीयले जानकारी दिए ।

यी ४ जनाको घर भित्रै बाट सोमबार एकै राती चोरी भएको हो ।भारतसङ्ग सिमा जोडिएको क्षेत्रमा चोरी भएको घर अवस्थित छ । भुडा लगायत अन्य दक्षिणी सिमावर्ती क्षेत्रमा बिगतदेखी नै चोरीका घटना हुँदै आएका छन ।

केही दिन अघि मात्रै बेलडाँडीको बैवाहमा समेत पसलमा चोरी भएको थियो ।

सिमा सङ्ग सिमा जोडिएको भुडामा प्रहरी चौकी भुडा सङ्गै सशस्त्र प्रहरीको बिओपी समेत रहेको छ । सिमा क्षेत्रमा राती को समय जतिबेला भारतियहरु सजिलै नेपाल आउने गरेका छन ।

उक्त स्थानमा अघिल्ला चोरीका घटना हेर्ने हो भने अधिकाङ्श चोरीका केस हरुमा भारतिय संग्लन रहेको स्थानीयहरु बताउँछन । यो घटनामा सग्लन रहेकाहरुको प्रहरीले खोजी कार्य गरिरहेको छ ।

राती उक्त स्थानमा भारतबाट तस्करी समेत हुँदै आएको एक स्थानीयले बताए ।तर रातीको सिमामा समयमा सशस्त्र प्रहरीले डिउटी नगर्ने गरेको स्थानीय हरुको आरोप छ ।

सशस्त्र प्रहरीले राती डिउटी नगर्दा राती भारतियहरु सजिलै नेपाल आउने गरेका छन । नेपाल आएर चोरी गर्ने गरेको स्थानीयको आतोप छ ।

भारतीय र नेपाली तस्करहरुले उक्त ठाउँबाट राती प्रशासनकै मिलोमतोमा तस्करी हुँदै आएको स्थानीयको आरोप छ ।

सम्बन्धित

Comments are closed.