महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलका विद्यार्थीहरुले भीमदत्त नगरपालिका ३ मा रहेको विष्णु मन्दिरमा सरसफाई गरेका छन् ।

आफनो विद्यालयबाट शैक्षिक अवलोकन भ्रमणमा गएका विद्यार्थीहरुले उक्त क्षेत्रमा सरसफाई पनि गरेका छन् । कक्षा ९, १० र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक अवलोकन भ्रमणमा लगेको र त्यँहा सरसफाई पनि गरिएको विद्यालयका प्रिन्सिपल दिजराज भट्टले जानकारी दिनु भयो ।

पर्यटकीय क्षेत्र, धार्मीक क्षेत्र, रहेको उक्त क्षेत्रमा विद्यार्थीहरुलाई हेरेर अवलोकन गरेर बढी ज्ञान हुने भएकाले विद्यालयले हरेक हप्ता यस्तै क्षेत्रमा शैक्षिक अवलोकन भ्रमण जाने गरेको उहाँले बताउनु भयो ।
कितावी ज्ञान संगै शैक्षिक भ्रमणमा उनिहरु आफैले अवलोकन गर्ने हेर्ने महसुस गर्ने भएर ज्ञान अझै बढी दिगो हुने भएकाले पनि प्रत्येक हप्ता आफुहरुले विद्यार्थीहरुलाइ शैक्षिक अवलोकन भ्रमण गराउने गरेको प्रिन्सिपल भट्टले बताउनु भयो ।
Comments are closed.