महेन्द्रनगर । कैलालीको गौरीगंगामा नदीमा डुबेर सहोदर दाजुभाइको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।
उनीहरुलाई नदीमा डुबेको अवस्थामा प्रहरीले बिहिवार दिउँसो ३ बजेको समयमा उद्धार गरि सेती प्रादेशिक अस्पताल पु¥याएको थियो।
चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
Comments are closed.