आँखा अस्पताल महेन्द्रनगमा एक वर्षमा २४ हजार बढीले लिए सेवा

महेन्द्रनगर । नेपाल नेत्र ज्योती संघ आँखा अस्पताल महेन्द्रनगरले एक वर्षमा २४ हजार बढीलाई आफनो सेवा प्रदान गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा आँखा अस्पताल महेन्द्रनगरमा २४ हजार ७ सय ६३ जनाले आँखा जाँच सेवा लिएको र ६ सय ७८ जनाले आँखाको शल्यक्रिया गराएका छन् ।

आफनो कर्मचारी बैठक तथा वार्षिक कार्य योजना गोष्ठिमा उक्त तथ्याङकको जानकारी गराईको हो । डा. भोज राज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०८२÷८३ को कार्ययोजना आँखा अस्पताल महेन्द्रनगर का नेत्र अधिकृत बिर सिंह धामीले प्रस्तुत गर्नुभएको थियो ।साथै अहिले फेको प्रविधि बाट विना ईन्जेक्सन लगाएर मोतिविन्दुको शल्यक्रिया भईरहेको छ । कञ्चनपुरमा रहेको आँखा अस्पतालले विगत ४ दशकदेखी आँखा उपचारमा आफनो सेवा प्रदान गरीरहेको छ । अहिले उक्त अस्पतालमा नेपालीले मात्र नभई भारतीय नागरिकले समेत आँखाको विभिन्न समस्याको उपचार गराउँदै आएका छन् ।

नेत्रज्योती संघद्धारा संचालित यस गेटा आँखा अस्पताल, आँखा अस्पताल महेन्द्रनगरमा अहिले दैनिक १ सय बढीले सेवा लिईरहेका छन् ।

भीमदत्त नगरपालिका १८ मा सालघारी जानेबाटोमा अवस्थित उक्त आँखा अस्पतालमा अहिले मोति विन्दुको र मासु पलाएको सफल शल्यक्रिया हुने,आँखा पाकेको आँखा दुख्नेलगायत समस्याकोसफल उपचार भईरहेको छ ।

अहिले गर्मीको समयमा आँखा पाक्ने, आँखामा एलर्जी हुने, आँखा दुख्नेलगायतको समस्या लिएर विरामीहरु आउने गरेको आँखा अस्पताल महेन्द्रनगरका आँखा अधिकृत विरसिंह धामीले बताउनु भयो ।

यो गर्मी मौसममा आँखाकोसरसफाईमा विषेश ध्यान दिने, बाहिर जाँदा कालो चश्मा लगाउने क्याप टोपी लगाएर मात्रै बाहिर जाने, समय समयमा आफनो आँखाको चेकजाँच गराउनु पर्ने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.