महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ ले शिशु जन्मिएपछि प्रतिशिशु २,५०० रुपैयाँ र दाहसंस्कारका लागि ५,५०० रुपैयाँ उपलब्ध गराउने भएको छ ।यस आर्थिक वर्ष २०८२र०८३ मा पनि नवजात शिशु स्याहार खर्च र दाहसंस्कार खर्च दिने कार्यक्रमलाई निरन्तरता दिने भएको छ।
वडा अध्यक्ष प्रकाश थापाले वडाबासीको जन्मदेखि मृत्युसम्मका दुःख(सुखमा साथ दिने उद्देश्यले यो कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो।
गत आर्थिक वर्ष २०८१र०८२ देखि सुरु भएको यस कार्यक्रम अन्तर्गत शिशु जन्मिएपछि स्याहारका लागि प्रतिशिशु २,०० रुपैयाँ र वडाबासीको मृत्यु भएमा दाहसंस्कारका लागि ५,००० रुपैयाँ प्रदान गरिन्थ्यो। गत वर्ष चार दर्जनभन्दा बढी वडाबासीले यस सुविधाबाट लाभ लिएका थिए।
यस वर्ष भने उक्त रकम बढाइएको छ। अब अध्यक्ष थापाका अनुसार वडाका विपन्न र गरिब नागरिकलाई लक्षित गरी यो सहयोग रकम बढाइएको हो। शिशु जन्मिएपछि पोषणयुक्त खानेकुरा अभावमा कुपोषणको शिकार नहोस् र मृत्युपछि दाहसंस्कारका लागि दाउरा खरिद तथा अन्य काजकिरियामा सहयोग पुगोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो।
अध्यक्ष थापाको यो योजनाले वडाका नागरिकमा नयाँ आशा जगाएको छ। जन्मदेखि मृत्युसम्मका हरेक मोडमा वडाले साथ दिने भएपछि यहाँका विपन्न नागरिकहरूले ठूलो राहत महसुस गरेका छन्।
आर्थिक सहयोगका साथै उहाँको पहलमा विद्यार्थीहरूका लागि अंग्रेजी र कम्प्युटर कक्षा, एसईई तयारी कक्षा, नियमित स्वास्थ्य शिविर र घरदैलो स्वास्थ्य सेवा जस्ता बहुमुखी कार्यक्रमहरूले वडाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
अध्यक्ष थापाको दूरदर्शिता र नागरिकमैत्री नेतृत्वले वडालाई नमुना वडा बनाउन सफल भएको स्थानीयवासी बताउँछन्।
Comments are closed.