सम्झना भटट् मृत्यु प्रकरण ः विद्यार्थी न्यायको लागि सडकमा आन्दोलन गर्दै

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा विद्यार्थीहरु आन्दोलित भएका छन् । घरभित्रै मृत फेला परेकी बेलडाँडी गाउँपालिका २ की सम्झना भट्टलाई न्यायको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

बुधवार विद्यार्थीहरुले बजार क्षेत्र र प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए । उनी लिटिल बुद्ध एकेडेमीमा कक्षा १२ मा अध्ययनरत थिइन् । विद्यालयका विद्यार्थीहरुले विहान जिल्ला प्रहरी कार्यालय अगाडि सडकमा सम्झनालाई न्याउ देउ भन्दै नाराबाजी गरी प्रदर्शन गरेका छन् ।

सम्झनाको तस्बिर सहित सम्झनालाई न्याय दे भन्ने लेखिएको ब्यानर बोकेर उनीहरुले नाराबाजी गरे । प्रहरी कार्यालयपछि उनीहरुले प्रशासन कार्यालयमा पनि सम्झनालाई न्याय मागेका छन् । भीमदत्त नगरपालिका ६ ऐठपुर माइती भएकी उनको बेलडाँडीका पवन भट्टसंग गत फागुनमा प्रेम विवाह भएको थियो ।

भट्ट अमिटी कलेजका विद्यार्थी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले अहिले सम्झनाका पति पवन सहित सासु र ससुरालाइ आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको बताउनु भयो ।

४ जनाको विरुद्धमा जाहेरी परेको र एकजनालाई अहिले फरार रहेको बताउनु भयो । आत्महत्या दुरुत्साहनमा अनुसन्धानका लागि मृतकका श्रीमानसहित सासूससुरालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ”, उनका माइती पक्षले श्रीमान् तथा परिवारका सदस्यहरूले घरेलु हिंसा गर्ने, दाइजोको निहुँमा यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् ।

सोही कारण सम्झनाले आत्महत्याको बाटो रोजेको उनहरुको आरोप छ । गत शनिबार सम्झना र पवनबीच झगडा भएको थियो ।

झगडापछि त्यही दिन दुवै जना बेलडाँडी प्रहरी चौकीमा पुगेका थिए । प्रहरीले दुबै जनालाई सम्झाई–बुझाई घर पठाएको थियो ।त्यसको भोलिपल्ट सम्झना घरमै मृत फेला परेकी हुन् ।

सम्बन्धित

Comments are closed.