महेन्द्रनगर । सुदूरपश्चिम समावेशी अपाङ्ग संघको आयोजनामा साउन ९ गतेदेखि महेन्द्रनगरको खुला मञ्चमा सुरु भएको “मिनी मनोरञ्जन तथा सांस्कृतिक मेला २०८२” मा चर्चित गायिक एलिना चौहान आउने भएकी छिन् ।
उनले “कहाँ जान्छस”, “थोकेबाज हो तिमी”, “यो भाग्यमै खोट” लगायतका सुपरहिट गीतहरू प्रस्तुत गर्नेछिन्।
त्यस्तै, बेली डान्सर रोशनी बेल्ली, नृत्याङ्गना अस्मिता बुढाथोकी र रोशनी जोशी, उद्घोषक विनोद परियार तथा उद्घोषक तथा गायक आर।जे।
रासकोटी मगर समेत कार्यक्रममा सहभागी हुँदैछन्। साथै, स्थानीय कलाकारहरूको विशेष प्रस्तुति पनि समावेश गरिनेछ।“पर्यटन, संस्कृति, खेल र व्यापार स् सुदूरपश्चिम विकासको आधार” भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव साउन २९ गतेसम्म चल्नेछ।
भावना इन्टरटेनमेन्ट प्रा।लि। को व्यवस्थापनमा भइरहेको मेलामा पर्यटन प्रवर्द्धनसम्बन्धी फोटो प्रदर्शनी, व्यापारिक स्टलहरू, स्थानीय परिकारहरू, मनोरञ्जनात्मक खेलहरू लगायतका कार्यक्रमहरू समावेश गरिएको आयोजकले जानकारी दिएका छन्।
सुदूरपश्चिमको समावेशीता, संस्कृति र पर्यटनको गहिरो झलक दिने यो महोत्सवले क्षेत्रीय विकासमा टेवा पुगाउने विश्वास लिइएको छ।
Comments are closed.