बैतडीमा अवस्थित कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमी भव्यताको साथमा मनाईने

उद्धव सिंह मार्कण्ड र हेमबाबु लेखक

महेन्द्रनगर । बैतडी सदरमुकाममा अवस्थित कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमी भव्यताको साथमा मनाईने भएको छ । सावन ३१ गते पुजापाठ भजन कीर्तन र भाद्र १ गते डुलगढी देखि गोठालापानी साहिलेक छेला परिक्रम गर्ने । यो कृष्णमन्दिरको विशिष्ट ऐतिहासिक महत्त्व रहेको पाइन्छ ।

वि.सं. १९९७ सालमा अमर सहिद दशरथचन्दको शहादतपश्चात उहाँका अनुयायी,बैतडी सदरमुकाम क्षेत्रका चेतनशील व्यक्तित्वहरुयसै कृष्णमन्दिरमा भजनकीर्तन गर्ने र राणाशासन विरुद्ध रणनीति तयार पार्ने गर्दथे ।मन्दिर आसपास बैतडीको मुख्य प्रशासनिक केन्द्र रहेको र धार्मिक, आध्यात्मिक अभियानको माध्यमबाट जनचेतना जगाउन यस पवित्र मन्दिरको महत्त्वपूर्ण योगदान रहेको छ ।

तस्बिरमा मन्दिर परिसरमा रहेका अत्यन्तै दुर्लभ ढुंगाका मूर्ति र।शिलापत्र रहेका छन् । शिलापत्रमध्ये स्लेट९स्थानीय भाषामा ुपात्थरु०मा लेखिएको चाहिँ मन्दिर नजिकै रहेको मालपोत कार्यालयमा रहेको पिपल चौतारामा राखिएको थियो । मालपोत कार्यालयको पुनर्निर्माण हुदा संरक्षणका निमित्त अहिले यसलाई कृष्णमन्दिरमा राखिएको छ ।

बैतडी जिल्लाभरि र सदरमुकाममा समेत यस्ता थुप्रै अन्वेषण र प्रचारप्रसार हुन बाकी स्थल र सम्पदाहरु रहेका छन् । यिनको सम्वर्धन र प्रचारप्रसारमा नागरिकस्तरबाटै पहलकदमी सुरु गर्नसके अत्यन्तै उपयुक्त र भावी सन्ततिका लागि हाम्रा पुर्खाका गौरवगाथा अमूल्य उपहार हुन सक्दछन् ।

सम्बन्धित

Comments are closed.