महेन्द्रनगर । प्राइम सेरामेक्स टाइल कम्पनीले कंचनपुरको महेन्द्रनगरमा आफ्नो सेवा बिस्तार गरेको छ । कंचनपुरको समैजी हार्डवेयर मार्फत कम्पनीले आफ्नो सेवा बिस्तार गरेको हो ।नेपालमा बनेको यो टाइल अन्य टाइल कम्पनी भन्दा अत्याधुनिक प्रविधिबाट निर्माण गरिएकोले बलियो र आकर्षक रहेको कम्पनीका सेल्स म्यानेजर बिरेन्द्र जोशीले बताउनुभयो । यो कम्पनीले बिभिन्न क्षेत्रमा पाइने ढुंगाको समेत टाइल बनाउने गरेको छ ।

यसैबिच श्रावण २६, सोमबार प्राइम टायल्स कम्पनीले महेन्द्रनगरमा टायल मिस्त्री सँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । भेटघाट कार्यक्रममा प्राइम सिरामिक्स कम्पनीका वरिष्ठ प्रबंधक तथा परियोजना प्रमुख गणेश सिंह बटाला, सहायक बिक्री प्रबन्धक विशालसिंह रावत, सेल्स अफिसर बिरेन्दर जोशी तथा प्राईम सेरामिक्स का आधिकारिक बिक्रेता समैंजी मार्बल का सन्चालक तेजेन्द्र बहादुर साहु उपस्थित हनुहुन्थ्यो ।

भेटघाट कार्यक्रममा महेन्द्रनगर क्षेत्रका ८० भन्दा बढी टायल मिस्त्रीहरू, साथै निर्माण क्षेत्रका प्रमुख व्यक्तित्वहरू सहभागी रहेका थिए।कार्यक्रममा आर्किटेक्ट, इन्जिनियर तथा ठेकेदारहरूको पनि उपस्थिति रहेको थियो र उनीहरूले कार्यक्रममा उच्च उत्साह प्रकट गरेका थिए ।
प्राइम सिरामिक्स प्रा।लि। PCPL को स्थापना २०७८ सालमा उच्च गुणस्तरका टायल्स नेपाली उपभोक्तासम्म पुर्याउने मूल उद्देश्यसहित गरिएको हो।
कम्पनीको अत्याधुनिक उत्पादन संयन्त्र बृन्दावन नगरपालिका, रौतहटमा रहेको छ, जसको वार्षिक उत्पादन क्षमता ४० लाख वर्ग मिटर छ र कुल लगानी रू। ३ अर्ब रहेको छ।
Comments are closed.