महेन्द्रनगर । भगवान श्री कृष्णको प्रिय महिना साउन मानिन्छ । यही प्रिय महिनाको अवसर पारेर राधेराधे मातृशक्ति समुहले भीमदत्त नगरपालिका १८ बरपिपलमा रहेको श्री राध कृष्ण मन्दिरमा भगवान कृष्णको १ महिने झुला उत्सव श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ उक्त मन्दिरमा प्रत्येक वर्ष झैं यो वर्ष पनि श्रावणी झुला उत्सव विशेष उत्साहका साथ मनाइएको हो ।

धार्मिक वातावरणमा सम्पन्न महोत्सवमा भक्तजनले झुला आराधनासँगै आध्यात्मिक शान्तिको अनुभूति गरेका छन् । यसरी भगवान श्री कृष्णको प्रिय साउन महिनाको उपलक्ष्यमा कृष्ण लिला, भजन किर्तन आराधना गर्ने, भोग लगाउने कार्यक्रम पनि गरिएको छ ।
भगवान कृष्णलाई स्मरण गर्दै प्रत्येक वर्ष साउन महिनामा यो उत्सव मनाउने प्रचलन रहेको छ । उत्सवमा भक्तजनहरुले प्रत्येक दिन आफनै घरबाट पकवान पकाएर ल्याउने गरेको राधेराधे मातृ शक्ति समुहका उपाध्यक्ष सरस्वती दाहालले बताउनु भयो ।
भगवानलाई चढाएर अन्य सबैले मिलेर प्रशाद खाने गरेको उहाँले बताउनु भयो । उहाँले झुला उत्सवलाई राधा–कृष्णको प्रतीक र प्रकृतिसँग एकाकार हुने अवसरका रूपमा व्याख्या गर्दै भक्तजनको भावनात्मक जोड श्रीकृष्ण संग रहेको उल्लेख गर्नुभयो ।
भजन कृतन र कथा सुन्दा वृन्दावनमै पुगेझैँ अनुभूति भएको भक्तजनहरुले बताएका छन् । प्रत्येक दिन भगवानलाई भोग लगाएर भजन किर्तन गर्ने यो परमपरालाई जोगाई राख्न यसको मौलिकतालाई पनि जेगर्ना गर्न आवस्यक रहेको बताउनु भयो ।
महोत्सव सकिँदा छुट्टिनु निकै गाह्रो भएको उपाध्यक्ष दाहालले बताउनु भयो । राधेराधे मातृशक्तिका सल्लाहाकार भावना केसीले यो कार्यक्रमले धार्मिक परम्परा जगेर्ना गर्दै समाजमा एकता र श्रद्धाको भावना फैलाएको बताउनु भयो ।
विगतका दिनमा आफना आमाहरुले पनि यस्तै कार्यक्रम गरेको आफुहरुले देखेको भएर यस्तो कला संस्कृती मौलिकतालाई जेगर्ना गर्नुपर्छ भनेर ५६ भोग लगाएर आज समापन भएको उहाँले बताउनु भयो ।
आगामी वर्षहरूमा झुला महोत्सवलाई झनै भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने आयोजकले प्रतिबद्धता व्यक्त गरेको छ ।
Comments are closed.