भीमदत्त १८ द्वारा उराँव समुदायलाई मौलिक बाजाहरु र पोशाकहरु हस्तातरण

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ ले लोपोन्मुख जात उराँव झाँगड समुदायलाई उनिहरुको करम पुजामा आवस्यक पर्ने मौलिक बाजाहरु र पोशाकहरु हस्तातरण गरेको छ । सोमवार वडा कार्यालयमा वडा अध्यक्ष रविन्द्र प्रशाद देवकोटा, वार्ड सदस्य पदमबहादुर चन्द, वार्ड सचिव दिनेश भट्टले उक्त सामग्रीहरु हस्तान्तरण गरेका गर्नु भएको छ ।

करम पुजनमा आवस्यक पर्ने महिलाका लागि साडी र पुरुषहरुका लागि टिशर्टहरु पनि सहयोग गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारीमा रहेको लोपोन्मुख जात उराव झागड समाजको वार्षिक करम पूजा पर्वमा अति आवस्यक पर्ने बाजाहरु सहयोग गरिएको वार्ड अध्यक्ष देवकोटाले बताउनु भयो ।

यो समुदाय आफैमा लोपोन्मुख समुदाय भएको हुँदा उनिहरुको रहनसहन, मौकिलपन, कला संस्कृती आफनै प्रकारको रहेको हुँदा यो समुदायको संरक्षण गर्न सरकारको पनि दायित्व रहेको बताउनु भयो । वार्डको निति तथा कार्यक्रम अन्तरगत लोपोन्मुख या झागड समुदायको उन्नती विषेश गरेर उनिहरुको सवालमा पनि वार्डले तदारुकता देखाएर काम गरीरहेको बताउनु भयो ।

उनिहरुको आफनै पहिचान रहेको यो वार्डमा केही मात्रामा रहेको यो समुदायको विविधता आफने प्रकारको रहेको पाईन्छ , त्यही भएर उनिहरुको कला संस्कृतीको संरक्षण सम्बद्र्धन गर्न सबैले लाग्नु पर्ने बताउनु भयो ।

आर्थिक वर्ष २०८१÷८२ मा ५० हजार रकम विनियोजन गरेको भएर अहिले यो सामाग्री हस्तान्तरण गरीएको वार्ड अध्यक्ष देवकोटाले बताउनु भयो ।

आफुले लोपोन्मुख झागड समुदायको संस्कृति, परम्पराको संरक्षण गर्दै नेतृत्व तथा क्षमता विकासका लागि आर्थिक बजेटको व्यवस्थापन गरेर काम गर्दै आएको बताउनु भयो ।

नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान महेन्द्रनगरका अध्यक्ष अनिल उराँवले हाम्रो संस्कृति,हाम्रो पहिचान, रहनसहन र मौकिपनलाई जोगाउनका लागि वार्डले गरेको सहयोग सम्मानित कार्य रहेको बताउनु भयो ।

लोपोन्मुख जात उराँवजातीको करम पर्वमा यो बाजा र पोशाक अति आवस्यक हुने र आफुहरु संग आर्थिक अभावले खरिद गर्न नसकेको अवस्थामा वाडले गरेको सहयोग आफुहरुका लागि उत्कृष्ट सहयोग रहेको अध्यक्ष उराँवले बताउनु भयो ।

 

सम्बन्धित

Comments are closed.