महेन्द्रनगर । स्वास्थ्य बीमा बोर्डले अतिगरिब परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन नयाँ कार्यविधि स्वीकृत गरेको छ । बोर्ड बैठकले ‘स्वास्थ्य बीमा कार्यक्रममा अतिगरिब घरधुरी आबद्ध गर्ने सम्बन्धी कार्यविधि, २०८२’ लाई स्वीकृत गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ ९पहिलो संशोधन०’ स्वीकृत गर्दै यसको सुरुवात गरेका हुन् । यो नयाँ कार्यविधि स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ४१ बमोजिम बनाइएको हो ।
अतिगरिब भनी पहिचान गरिएका घरधुरीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने प्रक्रियालाई सरल र व्यवस्थित बनाउने लक्ष्य राखेको बोर्डका सूचना अधिकारी विकेश मल्लले बताए ।
नयाँ कार्यविधिअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘अति गरिब’ भनी वर्गीकरण गरी ९गरिब परिचयपत्र० प्रदान गरेका परिवारहरूलाई स्वास्थ्य बीमामा स्वतः आबद्ध गरिने भएको छ । पहिचान भएका परिवारलाई एउटा इकाइ मानेर कार्यक्रममा आबद्ध गराइनेछ ।
केके चाहिन्छ कागजात ?
राज्य सुविधा परिचयपत्र गरिब परिचयपत्र
नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र
नाबालकको हकमा नाबालक परिचयपत्र
स्थानीय तहको स्वास्थ्य बीमा संयोजन समिति र दर्ता अधिकारीहरूले यस प्रक्रियामा सहजीकरण गर्नेछन् ।
Comments are closed.