महेन्द्रनगर । दार्चुलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नौगाड गाँउपालिका ४ की २५ वर्षिया पार्वती टमटाको दुर्घटनामा परी मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परी अन्य १० जना घाईते भएका छन भने, ४ जना घाईतेलाई थप उपचारका लागि धनगढी रिफर गरिएको पालिकाका उपाध्यक्ष जगत सिंह ठगुन्नाले जानकारी दिनु भएको छ ।
बाँकीको गोकुलेस्वर अस्पतालमा उपचार भईरहेको छ । जिल्लाको नौगाड गाउँपालिका ४ होपरीमा बिहीबार बिहान साढे ८ बजेको समयमा जिप दुर्घटनामा परेको हो ।
होपरीबाट होपरीगाड तर्फ गइरहेको लोकेन्द्रसिंह ठगुन्नाले चलाएको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए ।
दुर्घटनामा परि घाइते भएका मध्ये २६ बर्षीय मोहन ठगुन्ना, १८ बर्षीया अप्सरा महता र ३५ बर्षीय उमेश ठगुन्ना गम्भीर घाइते भएका छन् ।
अन्यको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रावतले बताए । गम्भीर घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरी निरीक्षक रावतले बताए ।
Comments are closed.