महेन्द्रनगर । मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर कञ्चनपुरले आफना महिला कर्मचारीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । शनिवार उक कार्यक्रमको आयोजना गर्दै महिला कर्मचारीहरुलाइृ महिलाहरुको महान पर्व हरीतालिका तिजको अवसरमा उनिहरुको मान सम्मानका लागि दर खुवाउने कार्याक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्र असपतालका मेडिकल डाईरेक्टर डा. गोविन्द रोकायले अस्पतालमा कार्यरत महिला कर्मचारीहरुलाई हरीतालिका तिजको अवसरमा दर खुवाउने कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।वर्षभरी अस्पतालमा आफनो जिममेवारी निभाउने महिला दिदिबिहनीहरुलाई महान पर्वको उपलक्ष्यमा रमाईलो गर्न र एक अर्काका दुखसुख साट्ने वातावरणमा यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

यसैगरी, मन्त्र अस्पतालका व्यवस्थापक राजेन्दबहादुर चन्दले सबै महिलाहरुको सम्मान गर्नुपर्ने र उहाँहरुको महान पर्व तिज पनि नजिक आइरहेको अवस्थामा उहाँहरुलाई सम्मानार्थ यो कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।
यसैगरी अस्पतालकी कर्मचारी पार्वती विष्टले अस्पतालले आज गरेको दर तिज मिलन कार्यक्रमको आयोजना गरेको प्रती हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
वर्षै भरी सबै आफनो जिममेवारीमा व्यस्त हुने र यसरी महिला कर्मचारीहरुको सम्मान गर्दै एक दिन आफना सुखदुख साटने वातावरणको आयोजनागरेको प्रती उहाँले मन्त्र अस्पताल टिमलाई धन्यवाद व्यक्त गर्नु भयो ।
Comments are closed.