महेन्द्रनगर । कञ्चनपुरमा रहेको भीमदत्त नगरपालिका आफना महिला जनप्रतिनिधि र कर्मचारी हरुसंग हरीतालिका विषेश कार्यक्रमको आयोजना गरेको छ । नेपाली महिलाहरुको महान पर्वको रुपमा रहेको हरीतालिका तिजको पूर्व सन्ध्यामा महिला कर्मचारीहरु, महिला जनप्रतिनिधीहरुलाइृ माला पोते उपहार दिएर हरी तालिका विषेश दर खाने कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा भीमदत्त नगरपालिकाका उप प्रमुख निलम लेखक जोशी को अध्यक्षता ,प्रमुख अतिथीमा जिल्ला समन्वय समिती उप प्रमुख राम कुमारी राना रहनु भएकोथियो भने विशिष्ट अतिथीमा प्रमुख प्रशासकीय अधिकृत महेश बम रहनु भएको थियो ।
नगरपालिकामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले महिलाको आत्मबल, एकता र सांस्कृतिक पहिचानलाई सम्मान गर्दै पोते माला प्रदान गरेकी हुन् । कार्यक्रममा शुभकामना व्यक्त गर्दै उपप्रमुख लेखकले महिलाको भूमिकालाई अझ सशक्त बनाउन यस्ता अवसरहरूले उत्साह र प्रेरणा जगाउने बताइन् ।
धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको तीज पर्वले पुरुषप्रधान देश नेपालमा घरभित्र मात्रै खुम्चिएर बस्ने महिलाहरूलाई बाहिर निस्कन प्रेरित गर्ने र आफ्ना पीरमर्का अरुसमक्ष राख्ने मौका दिने भएकाले यसको सामाजिक महत्त्व पनि त्यत्तिकै रहेको बताउनु भयो ।
तर अचेल उच्छृङ्खल र भड्किला गीत गाउने, शृङ्गारको नाममा गहनाको प्रदर्शन गरी समाजमा प्रतिष्ठित बन्न खोज्ने, नाचको निहूँमा विकृतिहरू तीजको समयमा व्यापक भएको बताउनु भयो ।
यस्ता विकृतिले हाम्रा संस्कार र संस्कृतिका मूल्यमान्यतालाई घटाउँदै गएको र समाजलाई दूषित बनाउँदै गएको हुनाले यस्ता विकृतिलाई हटाई हाम्रा रीतिरिवाज, पर्व, संस्कार र संस्कृतिलाई स्वच्छ तुल्याउनु जरुरी रहेको भीमदत्त नगरपालिका उपप्रमुख लेखकले बताउनु भयो ।
धार्मिक, सामाजिक तथा वैज्ञानिक महत्त्व भएका यी पर्वहरूको रहस्य सबैले बुझेर सभ्य तथा समुचित ढङ्गले यिनको पालना गर्नु हामी सबैको कर्तव्य हो बताउनु भयो ।
Comments are closed.