राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कञ्चनपुरले वृद्ध आमा बुवालाई खाना, खिर र फलफुल खुवाएर मनायो दर
महेन्द्रनगर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कन्चनपुरले वेदकोट नगरपालिका ७ रौटेला गाउजीमा रहेको श्री वैजनाथ धाम तथा वृद्धआश्रम सेवा समितिमा वृद्धआमा बुवाहरुलाई दर खुवाएका छन् ।सोमवार उक्त आश्रममा रहेका वृद्ध आमा बुवाहरुलाई मासु खाना, खिर र फलफुलहरु आफनो हातले खुवाएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कन्चनपुरका अध्यक्ष लालबहादुर धामी अछामी बड्डोले बताउनु भयो ।

यो चाडपर्वको बेलामा सबै जनाले आआफनो घरमा माईतमा मिठामिठा पकवान विभिन्न परिकारका खानाहरु खाने, रमाईलो गर्ने, नाचागान गर्ने गरीरहेको बेलामा वृद्ध आश्रममा पनि आमा बुवाहरु एक्लै रहेको र उहाँहरुको पनि इच्छालाई मध्ये नजर गर्दै मासु भात खिर फलफुलहरु सहयोग गरेको जानकारी दिनु भयो ।
यो सामाजिक उत्तरदायित्व अन्तरगत जिम्मेवारी पनि रहेको हुँदा वृद्ध आमा बुवाहरुको मुहारमा सानो खुसी दिनका लागि सबै सदस्यहरुले वृद्ध आश्रममा आएर रमाईलो गरी दर कार्यक्रम मनाएको बताउनु भयो ।
यसैगरी, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समिति सचिव नबिन धामीले विगतका दिनमा पनि आफुहरुले विभिन्न सामाजिक कार्य गर्दै आईरहेको र आज पनि भगवान रुपी वृद्ध आमा बुवाहरुलाइ सानो खुसी दिनका लागि सिंगो टिम आएर रमाईलो गरी दर कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।
जिवनको अन्तिम समयमा चाडपर्वमा पनि दुखी भएर बसेका वृद्ध आमा बुवाहरु संगै रहेर दर खाने कार्यक्रमको आयोजना गर्न पाउँदा अत्यन्त हर्षित भएको उहाँले बताउनु भयो । पछिल्लो समय दर खाने निहुमा विभिन्न विकृती विसंगती फैलिदै गईरहेको अवस्थामा होटलमा गएर खाने नाच्ने कार्य भन्दा यसरी सामाजिक कार्य गर्न अति नै उत्कृष्ट हुने उहाँले बताउनु भयो ।
यसैगरी, आश्रमका व्यवस्थापक बहादुर सिंह विष्टले यो चाडपर्वमा वृद्ध आमा बुवाको मुहारमा खुसिदिने कार्य गरेको प्रती राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कन्चनपुरलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
प्रतिष्ठानले विगतका दिनमा पनि रक्तदान कार्यक्रम, विरामीहरुलाई उपचार खर्च लगायत आफनो सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गदृै आईरहेको छ ।
Comments are closed.