महेन्द्रनगर । कैलाली कारागारमा फेरि एक जना थुनुवाको मृत्युु भएको छ । जबरजस्तीकरणी मुद्दामा पुर्पक्षमा रहेका टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमबार दिउँसो मृत्युु भएको कारागार प्रशासनले जनाएको छ ।
कारागारका जेलर प्रकाश ढुंगानाले रिंगटा लागेको भनेपछि चौधरीलाई उपचारका लागि दिउँसो साढे २ बजेतिर सेती प्रादेशिक अस्पताल लगिएको जानकारी दिए ।
अस्पताल पुगाएको केहीबेरमा चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको ढुंगानाले बताए । उनका अनुसार जबरजस्तीकरणी मुद्दामा थुनामा राखिएका चौधरीलाई उच्च रक्तचापको समस्या रहेको थियो ।
ढुंगानाले उच्च रक्तचापकै कारण चौधरीको मृत्यु भएको बताए।
Comments are closed.