माछा मार्न गएका बडीमालिकाका एक युवक मृत्य फेला

महेन्द्रनगर । बुढीगंगा नदिमा माछा मार्न गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको पाईएको छ । बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महतको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी देवबहादुर चौधरीले बताएका छन् ।

उहाँका अनुसार माछा मार्न गएका महत भिरबाट लडेर बुढिगंगा नदिमा खसेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । सोमबार दिउँसो १२ बजे तिर महत माछा मार्न गई बेलुका साँझ सम्म पनि घर नफर्किपछी आफन्तले खोजी गरेका थिए । खोजी गर्दा महत भेटिनु भएन् ।

त्यसपछी आफन्तहरुले प्रहरी कहाँ महतको खोजीलाई जानकारी गराएका थिए । बिहान प्रहरीको टोली गई महतलाई मृत्य अबस्था फेला पारेको प्रहरी सुचना अधिकारी चौधरीले जानकारी दिएका छन् ।

मृत्यक महतको घटना स्थलबाट उद्धार गरि पोष्टमाटमका लागी जिल्ला अस्पताल बाजुरामा ल्याईएको सुचना अधिकारी चौधरीले जानकारी दिनुभएको छ ।

सम्बन्धित

Comments are closed.