दोधाराचाँदनीमा १ सय ५० जना बढीलाई सुरक्षित स्थानमा सारियो

महेन्द्रनगर । कञ्चनपुर लगायतका क्षेत्रमा भाद्र १५ गतेदेखी परी रहेको अवरल वर्षातले अधिकाँश क्षेत्र डुवानमा परेका छन् । कञ्चनपुरको दोधारामा आज बिहान आठ बजेतिर २४ घण्टाको अवधिमा १९९.२ मिलिमिटर वर्षा मापन भएको थियो ।

अहिले भने केही कम भएको छ । तर त्यहाँ थप वर्षाको सम्भावना रहेको बरिष्ठ मौसमविद मानन्धरले जानकारी दिइन् । कञ्चनपुरमा भाद्र १६ गते दिउँसो १२ जबे सम्म १ सय २५ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यलायले जनाएको छ ।

जोगबुढा नदीको पानी बस्तिमा पस्दा दोधाराचाँदनी नगरपालिका– ८ को रामपुरे टापुस्थित जर्गाटोलका २५ घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराकाअनुसार घर डुबानमा परेपछि ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा लगेर राखिएको छ ।

यसैगरी, दोधाराचादनी नगरपालिका ३, पटराखल्ला टोलमा जोगबुढा नदिको पानी पस्दा १५ घरपरिवारका ५५ जनालाई सर–समान र चौपाया सहित जमुना आ.वि. जमुनाघाडीमा सारिएको छ । वडा नम्बर ११ मा पनि पाँच वटा घरमा पानी पसेको छ ।

अहिले प्रहरी चौकी बाबाथान र इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको टोली त्यहाँ पुगेर उद्धारको काम गरिरहेका छन् । गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाब उच्च भएको छ ।

बहाव बढेपछि नेपाल–भारत सीमा क्षेत्रको शारदा ब्यारेज (बनबासा पुल) मा चारपांग्रे सवारी आवागमनमा रोक लगाइएको छ । सोमबार बिहान नदीमा पानीको बहाब बढेर एक लाख ५१ हजार क्युुसेक नाघेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन आवागमन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले बताए ।

उनकाअनुसार शारदा ब्यारेजमा अहिले दुईपांग्रे सवारीसाधन मात्र चलिरहेका छन् । पानीको बहाब एक लाख क्युसेक नाघेपछि कञ्चनपुरलाई भारतको वनबासासँग जोड्ने शारदा ब्यारेजमा चारपांग्रे गाडीलाई रोक लगाउने गरिँदै आएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहे पनि अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाहले नेपालमा बदली र वर्षा भइरहेको छ ।

जलवाष्पयुक्त हावासँगै नेपालको दक्षिणी सिमानामा बनेको न्यूनचापीय क्षेत्रको असरले नेपालमा विशेषगरी सुदूरपश्चिम क्षेत्रमा बढी पानी परिरहेको बरिष्ठ मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन् । गएरातिदेखि नै देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ ।

सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा भएको छ । डडेलधुराको जोगबुढा र गाइबन्डे, कास्कीको लुम्ले तथा ताप्लेजुङको लाङटाङ र ताप्लेथोकमा अति भारी वर्षा रेकर्ड भएको छ ।

सम्बन्धित

Comments are closed.