महेन्द्रनगर। कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका– ९ सुन्दरपुरको भित्री सडकमा दुर्घटना हुँदा ४५ वर्षीय बहादुर रानाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, महेन्द्रनगर बजारबाट सुन्दरपुर घर फर्कने क्रममा बा.६ प. २९६६ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।
रानालाई महाकाली प्रादेशिक अस्पतालमा ल्याइएको थियो तर उपचारका क्रममा उनको मृत्यु भएको छ ।
Comments are closed.