महाकालीलगायतका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउनु

महेन्द्रनगर । कञ्चनपुरमा लगातार वर्षा भइरहेका कारण महाकाली, चौधर, दोदा लगायतका नदी र खोलानालामा पानीको बहाव तीव्र रूपमा बढ्ने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त पछिल्लो जानकारी अनुसार कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा अझै वर्षा जारी रहने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सजग रहन प्रशासनले विशेष आग्रह गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भन्नुभयो, “अविरल वर्षाका कारण जल स्तर उल्लेखनीय रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रका सर्वसाधारणले आवश्यक सतर्कता अपनाउन अत्यावश्यक छ ।

जोखिमपूर्ण स्थानमा नबस्न, सतर्क रहन र सुरक्षित स्थानतर्फ सर्न जरुरी छ ।” जिल्ला प्रशासनले स्थानीय तह, सुरक्षा निकाय र राहत तथा उद्धारमा संलग्न निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिइसकेको छ ।

साथै, जोखिममा परेका नागरिकलाई आवश्यक सहयोगका लागि प्रशासन सधैँ तयार रहेको जनाएको छ ।

सम्बन्धित

Comments are closed.