कञ्चनपुर निर्माण व्यवसायी संघमा अवस्थी र भट्ट प्यानल चुनावी मैदानमा

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व र पदाधिकारीका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन । आउँदो २१ भदौँ शनिबार हुने निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औँ कार्य समितिका लागि पुष्पराज अवस्थी र निरन्ञ्जन प्रशाद भट्ट प्यानल चुनावी मैदानमा उत्रिएका हुन ।

संघका निर्वतमान अध्यक्ष समेत रहेका भट्ट र पुर्व बरिष्ठ उपाध्यक्ष अवस्थीले छुट्टाछुट्टै प्यानल घोषणा गरेर प्रचारप्रसारमा जुटेका छन । यस अघि १४ औँ कार्य समितिका लागि भएको निर्वाचनमा भट्टसंग अवस्थी ४२ मतको अन्तरले पराजित भएका थिए ।

यस पटक अवस्थी र भट्ट दुवै नेतृत्व बाजीमार्नका लागि दौडधुपमा जुटेका हुन । बरिष्ठ उपाध्यक्षका लागि भट्ट प्यानलबाट देव बहादुर चन्द र अवस्थीबाट अमर बहादुर बम, उपाध्यक्षका लागि भट्ट प्यानलबाट दिपक भट्ट अवस्थी प्यानलबाट यज्ञराज बैज, महासचिवका लागि अवस्थी प्यानलबाट देवीदत्त भट्ट, भट्ट प्यानलबाट योगेन्द्र बहादुर ठगुराठी, सचिवका लागि भट्ट प्यानलबाट ब्रिज किशोर चन्द र अवस्थी प्यानलबाट गोरेसिह ऐर, कोषाध्यक्षका लागि अवस्थी प्यानलबाट गोरेसिह ऐर र भट्ट प्यानलबाट तेज बहादुर चन्द,

सहकोषाध्यक्षमा भट्ट प्यानलबाट हेमराज महरा र अवस्थी प्यानलबाट चित्र कार्की चुनावी मैदानमा होमिएका छन ।भट्ट र अवस्थी दुवै प्यानल निर्माण व्यवसायीका हकहितका एजेण्डा लिएर मतदाताहरुसंग भेटघाट तिव्र पारेका हुन । १४ औँ कार्यसमिति नेतृत्वका लागि नै भिडेका पुरानै अनुहार फेरी १५ औँ निर्वाचनमा देखिएपछि रोचक भिडन्त हुने आँकलन गरिएको छ ।

२८ बर्षदेखि निर्माण व्यवसाय गर्दै आएका अवस्थी सदस्य, उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष हुदै अध्यक्षको दौडमा छन । भने, ३२ बर्षदेखि निरन्तर निर्माण व्यवसाय गर्दै आएका भट्ट पनि सदस्य हुँदै सिधै बरिष्ठ उपाध्यक्ष र अध्यक्ष भएर पुन अध्यक्षकै दौडमा छन ।

वाईआर कन्सक्ट्रसन प्रालिका संचालक समेत रहेका अध्यक्षका उम्मेदवार निरञ्जन प्रशाद भट्टले आफ्नो प्यानल वर्तमान सत्ता गठनबन्धन(काँग्रेस, एमाले) निकट विचार राख्ने युवा निर्माण व्यवसायी बताउँदै उनले आफ्नो अधिल्लो कार्यकालमा आम व्यवसायीहरुका क्षेत्रमा काम गर्दै आएको मुल्याङकन गर्दै अहिले फेरी नेतृत्वमा आउन चाहेको बताए ।

सम्बन्धित

Comments are closed.