महेन्द्रनगर । छाउपडी कुप्रथाविरुद्ध अछामको मंगलसेनका किशोरीले र्याली निकालेका छन् । ुमहिला मार्न पाइँदैन, छाउपडी गोठ चाहिँदैन महिनावारीमा बहिष्कार होइन, सम्मान देउ कानुनको कार्यान्वयन गरु, छाउपडी कुप्रथाको अन्त्य गरौ , महिला अधिकारको सम्मान गरौंलगायतका नारासहित मंगलसेनस्थित शोडषा माविमा अध्ययनरत र अन्य किशोरीले मंगलबार विरोध र्याली निकालेका हुन् ।
छाउपडी कुप्रथाविरुद्ध कानुन बनिसक्दा पनि कार्यान्वयन नगरेको, जनप्रतिनिधिले बेवास्ता गरेको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षणसमेत गराएका थिए ।
भदौ १३ गते राति अछामको पञ्चदेवल बिनायक नगरपालिका— ८ मा महिनावारीको समयमा छाउ बार्न त्रिपाल टाँगेर बसेकी एक महिला र एक बालिकाको ढुंगा लागेर मृत्यु भएको थियो ।
महिनावारी भएको समयमा छाउ बार्न घर बाहिर जानु पर्ने बाध्यताका कारण हरेक वर्ष घटना हुने गरे तापनि सरोकारवाको वास्ता नभएको किशोरीहरु बताउँछन् ।
‘छाउगोठमा मृत्यु हुने , त्रिपालमा बसेर मृत्यु हुने बलात्कारका घटना हुँदा पनि सरोकारवाला मौन बसेका छन्,’ र्यालीमा सहभागी मंगलसेन नगरपालिका—३ दयकी १६ वर्षीया यशोदा कुवँरले भनिन्, ‘महिनावारी हुन थालेको ३ वर्ष भयो । तीन वर्षदेखि नै छाउगोठमा बस्दै आएकी छु ।
मेरो गाउँमा एक घर एक छाउगोठ छन् ।’ एक्लैले छाउगोठ बस्नु हुँदैन भनेर आवाज उठाउँदा परिवारले समेत एक्लो पार्ने भएकाले जनप्रतिनिनिधि, प्रहरी, प्रशासनले कानुन कार्यान्वयन गर्नुपर्ने र त्यसमा आफूहरुले साथ दिने उनले बताइन् ।
Comments are closed.