भीमदत्तका कार्यबाहक नगर प्रमुख लेखक एक्सनमा, बाढीले क्षती गरेको क्षेत्रमा अनुगमन

महेन्द्रनगर । १५ गते रातीदेखी परेको अविरल वर्षातले गरेको क्षतीको भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख निलम लेखकले अनुगमन गर्नु भएको छ । उहाँ वर्षात भएको समयमा काठमाण्डौमा रहनु भएकी कार्यवाहक नगर प्रमुख लेखकले बुधवार कञ्चनपुर फर्किएको दिन बाढी प्रभावित क्षेत्रमा पुग्नु भएको छ ।

स्थानियहरुको पिर मर्का र समस्या बुझनका लागि उहाँ काठमाण्डौबाट फर्किएकै दिनमा हरेको घरघरमा पुगेर समस्या समाधान गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर ९ र १० का विभिन्न ठाँउमा आफै पुग्नु भएर त्यँहा भएका क्षतीको एकीन गरी पालिकाको खाता खुल्ने वित्तिकै पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ ।

अति आवस्यक पर्ने क्षेत्रमा समस्याको समाधान गर्ने गरी पहिलो प्राथमिक्तामा राखेर काम गरिने भएको छ । अहिले वडा नम्वर ९ मा रहेको पिलाटे खोला गताडी खोलाले स्थानियहरुको खेतमा कटान िपटानी गरेको,सडकमा क्षती गरेको र वडा नम्वर १० मा सडक कल्र्भटमा क्षती पुगेको छ ।

साथै पालिकाले गर्न नसक्ने ठुलो क्षतीको काम गर्न प्रदेश संघ सरकारसंग समन्वय गरेर समस्या समाधानका लागि पहल गर्ने बताउनु भयो । सम्बन्धित वार्डका अध्यक्षहरु सहितको टोलीले प्रभावित क्षेत्रमा अनुगमन गरेका थिए । लगातार ३ दिन सम्म परेको वर्षातले स्थानिय खोलामा आएको बाढीले सडक, कल्भर्ट, खेतमा नोक्शान गरेको छ ।

भिमदत्त नगरपालिका ९ का स्थानिय नारायण सिंह चाडले विपदको समयमा यसरी जनप्रतिनिधी आएर समस्याको समाधान गर्ने भनेपछि खुसी लागेको बताउनु भयो ।

“दुखमा नै हो साथ चाहिने सुखमा सबै आउँछन यो विपदमा कार्यवाहक नगर प्रमुख लेखक आएर साथ दिनु भयो यो नै खुसी को कुरा हो” चाडले भन्नुभयो, अब यो खेतमा सबै कटानी भएको छ, “खेतमा पुरै लेदो बालुवा पसेको छ यसको समाधान गर्नका लागि भने छु”

सम्बन्धित

Comments are closed.