महेन्द्रनगर । भाद्र १५ गते रातीदेखी परेको अविरल वर्षातले आएको बाढीले विस्थापित भएकाहरु घर फर्किरहेका छन् ।
भीमदत्त नगरपालिका ११ का ५ परीवारका २५ जनाले आफनो घरको छतमा समान सारी बसी रहेको र बुधवारभाद्र १८ गते आफ्नै घरमा फर्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
यसैगरी, दोधारा चादँनी ८ को रामपुरे टापुका २५ घरपरिवार ७० जना डुवानमा परी जनज्जोती मा.वि.मा बसीरहेकाहरु पनि आफनो घरमा फर्किएका छन् ।
यस्तै, दोधाराचादँनी .१० शान्ति टोलका १२ परिवार ४० जना डुवानमा परी अम्विका मा.वि.माबसेकाहरु पनि बुधवार आफ्नै घरमा फर्किएका छन् ।
Comments are closed.