महेन्द्रनगर । कृषी ज्ञान केन्द्र कञ्चनपुरले कृषकहरुलाई अनुदान प्रदान गरेपछि कृषकहरुले आफनो उत्पादन बढाउने र कृषीमा आफुलाइ स्थापित गराएका छन् । बेलौरी नगरपालिका ७ का केरा किसान प्रताप सिंह रानाले अहिले २०७४ सालदेखी केरा खेती गर्दै आएको भएपनि व्यवसायीक रुपमा केरा खेतीमा लागेको केही वर्ष मै राम्रो आम्दानी लिएको उहाँले बताउनु भयो ।

कृषी ज्ञान केन्द्रले अहिले केरा पकाउने च्याम्वर आधा अनुदानमा सहयोग गरेको छ । पहिले केराहरुलाई पकाउनका लागि समस्या हुने, केराहरु कुहिएर जाने राख्ने ठाँउ नभएर पनि समस्या भएको उहाँको भनाई रहेको छ । अहिले कृषि ज्ञान केन्द्रले केरा पकाउने च्याम्वर सहयोग गरेपछि आम्दानी पनि बढने र केराहरु पनि सुरक्षित रहने आशा रहेको उहाँले बताउनु भयो ।

यो पहिलो पटक आफुले केरका पकाउने च्याम्वर पाएको बताउँदै विगतामा केरुा कुहिने, पकाउन समस्या हुने सबै झन्झट कम हुने बताउनु भयो । अहिले उहाँले ४ देखी ५ विगाह जग्गामा केरा खेती गर्नु भएको छ । साथै २ जनालाई मासिक रुपमा तलब दिने गरी र कामको बेलामा ८ देखी १० जनालाई रोजगारी पनि दिई रहनु भएको छ ।

एक विगाहबाट वार्षिक ७ देखी ८ लाखको आम्दानी गर्ने गरेको र अहिले यही केरा खेतीबाट एउटा घर निर्माण गरेको , एउटा टयाक्टर पनि खरिद गरेको केरा किसान रानाले बताउनु भयो । सबै आम्दानीले आफनो घर खर्च पनि चलेको र कामदारहरुलाई पनि दिन पुगेको बताउनु भयो ।
“अहिले धेरै जसो युवाहरु नेपालमा काम छैन विदेशमा जाने गरेको भएपनि काम गर्न सक्ने मिहीनेत गर्नेलाई नेपालमै काम रहेको छ, पैसा रहेको छ, किन जाने विदेश जग्गाा भाडामा लिएर पनि काम गर्न सकिन्छ” किसान रानाले भन्नु भयो , “पहिला पहिला समस्या हुन्छ आम्दानी नभएर आत्तिने होईन मिहिनेत गर्ने काम गर्ने सबै ठिक हुन्छ” यस्तै अर्का केरा किसान पुनरवास नगरपालिका ४ का दान सिंह ठगुन्नाले पनि अहिले केरा खेतीमा आत्म निर्भर हुने गरी काम गरी रहनु भएको छ ।
२०७५ सालदेखी ३ विगाहबाट सुरु गरेको केरा खेती अहिले साढे ७८ विगाहमा फैलिएको छ । कृषि ज्ञान केन्द्रले उहाँलाई पनिकेरा पकाउने च्याम्वर सहयोग गरेपछि अहिले केरा पकाउन सजिलो भएको उहाँले बताउनु भयो । पहिले अरुलाई गुहार्नु पर्ने कुर्नु पर्ने जस्ले गर्दा केरका विग्रने खेर जाने समस्या रहेको भएर अहिले च्याम्वर सहयोग पाएपछि सजिलो भएको उहाँले बताउनु भयो ।
कृषी ज्ञान केन्द्रको १५ लाख र केरा किसानको १५ लाख गरी ३० लाखमा यो केरा पकाउने च्याम्वरको स्थापना भएको छ । अहिले उहाँले वार्षिक ५ लाख बचत गर्ने गरेको बतउनु भयो । कृषी ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख वरिष्ठ कृषी प्रसारक अधिकृत गोविन्द सिजापतीले गत आर्थिक वर्षमा ६४ विगाहमा केरा खेती विस्तार गर्ने क्रममा केरालाई यतै पकाएरबजारीकरण गर्ने गरी केरा पकाउने च्याम्वर सहयोग गरेको बताउनु भयो ।
आधा रकम कृषी ज्ञान केन्द्रको र आधा किसानको लगानी रहने गरी व्यवसायी केरा किसानहरुलाई राईपेनिङ च्याम्वर सहयोग गरीएको बताउनु भयो । साथै यो आर्थिक वर्षमा पनि च्याम्वर केरा खेतीमा आधारित रहेर साना किसानहरुलाई अन्य विकासका कार्यक्रमहरु गरीने बताउनु भयो ।
Comments are closed.