महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिममा मनाईने सबै भन्दा ठुलो पर्व गौरा पर्वले कला संस्कृती भाषाको जेगर्ना गर्ने बताउनु भयो ।
शनिवार महेन्द्रनगरको संविधान चोकमा असहाय ः महिला उत्थान तथा संस्कृती जेगर्ना केन्द्रको आयोजनामा खुल्ला डेउडा कार्यक्रम समापन समारोहको प्रमुख अतिथीको रुपमा रहनु भएका मन्त्री लेखकले डेउडा पर्व गौरा पर्वले आपसी भाईचारा, सदभाव, सौहार्दता बनाइृ राख्ने र आत्मियता कायम गरी समुदायमा संस्कारको विकास गर्ने बताउनु भयो ।
हाम्रो समाज मिलेर बसेको भाईचारा कायम गरेर बसेको अत्यन्तै सुन्दर फुलवारी रहेको । यसलाई जोगाई राखेर आफनो कला संस्कृतीको अझै माथी उठाउन सबैले समिलेर हातेमालो गर्न आवस्यक रहेका ेबताउनु भयो ।
पछिल्लो समयमा आधुनिकताको नाममा आफनो धर्म संस्कृती रहनसहन, कला भेषभुषालाइ संस्कार विर्सने कार्य भईरहेको अवस्थामा यसको जेगर्ना गर्न सबैले मिलेर आआफनो सभ्यताको जेगर्ना गर्नु आवस्यक रहेको बताउनु भयो ।
आफनो भाषामा अपन्त्व रहेको र सत्यता बचाउनका लागि यस्ता गौरा पर्वले सबैलाई एकतामा बाँध्ने बताउनु भयो ।यसैगरी कार्यक्रमका सभाध्यक्ष एवम असहाय ः महिला उत्थान तथा संस्कृती जेगर्ना केन्द्रका अध्यक्ष मन्जु गिरीले आफनो अमुल्य समय दिएर गृहमन्त्री लेखकले कार्यक्रममा आएर सहभागि जनाउनु भएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
साथै उहाँले केन्द्रले हरेक वर्षमा आफनो मौलिकपन बोकेको आफनो संस्कृती पर्व डेउडाको आयोजना गर्दै आइरहेको बताउनु भयो । डेउडा मार्फत सुदूरपश्चिममा रहेका लोक कला संस्कृतीको गित मार्फत जानकारी दिएको बताउनु भयो ।
यो संस्कृतीलाई जोगाई राख्नका लागि कार्यक्रमको आयोजनामा साथ र सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भयो ।
साथै आगामी दिनमा पनि केन्द्रले सुदूरपश्चिमको लोक कला संस्कृती भेषभुषालाई जोगाउनका लागि सबै महिला दिदिबहिनीहरु संग मिलेर काम गर्ने बताउनु भयो ।
साथै उक्त कार्यक्रममा सामाजिक व्यक्तीत्वहरुलाई सम्मन पनि गरीएको थियो ।
Comments are closed.